आत्महत्या गर्न बाध्य बनाएको भन्दै मारुती सिमेन्ट विरुद्ध विरोध प्रदर्शन

हाम्रो सन्देश संवाददाता

राजेन्द्र महतो/लहान,२४ मंसिर ।

मजदुरलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै मजदुर तथा स्थानीयवासीहरु लगायतले सिरहाको गोलबजार नगरपालिका ९ स्थित मारुती सिमेन्ट विरुद्ध विरोध प्रदर्शन गरेको छ ।

मारुती सिमेन्टमा काम गर्ने मजदुर, स्थानीय लगायतले पूर्वपश्चिम राजमार्ग अन्तर्गत चोहर्वा सडक खण्ड अवरुद्ध गरि आन्दोलन गरिरहेका छन । बिगत १८ वर्ष देखी कार्यरत ४८ वर्षिया अनिता पासमानलाई व्यवस्थापन पक्षले रोजगारवाट हटाएपछि आत्महत्या गरेपछि विरोध सुरु भएको छ ।

व्यवस्थापन पक्षले गोलबजार नगरपालिका ९ गोविन्दपुरकी पासमानलाई व्यवस्थापन पक्षले रोजगारबाट हटाएपछि आत्महत्या गरेको सिमेन्ट कारखानामा काम गर्ने मजदुरहरुले बताएका छन ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।