चिया पसलमा दिलिपसिंह विष्टले भने, निर्मला पन्तको ‘हत्यारा मै हुँ’ हेर्नुस (भिडियो सहित)

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

न्यूज २४ टेलिभिजनलाई निर्मला पन्त प्रकरणको एक्सक्लुसिभ भिडियो प्राप्त भएको छ ।

भिडियोमा प्रहरीले यस अघिनै सार्वजनिक गरेर पनि डिएनए नमिलेको भन्दै हाजिरी जमानीमा छुटेका स्थानीय दिलिपसिंह विष्टले निर्मला पन्तको हत्या गरेको स्वीकार गरेका छन् । हामीलाई प्राप्त भिडियो कुनै प्रहरी हिरासतमा बनाइएको भिडियो होइन ।

सार्वजनिक चोकको एक चिया पसलमा अन्य व्यक्तिसँग कुरा गर्दै बिष्टले निर्मलाको साइकल पनि आफैले बनाइदिएको र उनलाई बोकेर खोला पारी लगेर जबरजस्ती करणी गरी ज्यान लिएको बताएका छन् ।

दिलिपसिंह विष्टको मानसिक अवस्था ठीक नभएको र उनले जे–जे सिकायो, त्यही भन्ने गरेको तर्कपनि एक थरीको छ । तर, यो भिडियो खिच्ने व्यक्तिले केही पनि सिकाएको देखिदैन । चिया पसलमा गुट्खा खाँदै १० जना अन्य ब्यक्तिका अगाडि दिलिपसिंह विष्टले यस्तो कुरा बोलेको हुन् । न्युज २४ बाट

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।