उमेरले ५० नाघेका महिला से’क्स डलप्रति आकर्षित

हाम्रो सन्देश संवाददाता

काठमाडाैं :

उमेरले ५० वर्षमा हिँडिरहेका महिलाले यौ’न खेलौनामा असाध्यै अभिरुचि देखाउन थालेकाे तथ्य सार्वजनिक भएकाे छ । इंग्ल्यान्डको राजधानी लन्डनस्थित अर्पिङ्टनमा रहेकाे द डल हाउसले यस्ताे तथ्य सार्वजनिक गरेकाे हाे । यौ’न खेलौना बेच्ने विख्यात कम्पनी द डल हाउसले बेच्दाबेच्दै यस्ताे तथ्य थाहा पाएकाे हाे । कम्पनीका अनुसार हाल पचासौँ वर्षमा हिँडिरहेका महिलाहरू ‘महिला यौ’न खेलौना’ किनिरहेका छन् । उनीहरू आफूले भनेजस्तो से’क्स डलका लागि १५ हजार स्टर्लिङ पाउन्ड (करिब २२ लाख रुपैयाँ) सम्म तिर्न तयार छन्।

मध्य उमेरका समलिंगी र इतरलिंगी दुवैले से’क्स रोबोटको आन’न्द लिइरहेको कम्पनीले जनाएको छ । द डल हाउसका प्रबन्ध निर्दे’शक फिल बास भन्छन्, ‘अहिले विवाहित, एकल र बच्चाबच्ची भएका मध्य उमेरका महिलाले से’क्स डल प्रयोग गर्ने प्रवृत्ति बढिरहेको छ। महिला–यौ’न खेलौना अब पुरुषहरूको चाहना मात्र रहेन। केही वर्षयता थुप्रै इंग्लिस महिलाले फिमेल से’क्स डल किनिरहेका छन्। खास गरी, ५० वर्षमा हिँडिरहेका महिलाले यौ’न खेलौनामा असाध्यै अभिरुचि देखाउन थालेका छन्।’

महिलाले महिला–यौ’न खेलौना बढी प्रयोग गर्न थालेपछि तिनको मूल्य पनि बढेको छ। आफूले भनेजस्तो यौ’न खेलौनाका लागि जति पनि रकम तिर्न तयार महिलाको संख्या ठूलो भएको द डल हाउसका बास बताउँछन्। ‘अचेल विभिन्न प्रकारका से’क्स डल पाइन्छन्,’ उनी भन्छन्, ‘बोल्ने, हाँस्ने, गाउनेदेखि चरमो’त्कर्षमा पुगेको अभिनय गर्नेसम्म यौ’न खेलौना पाइन्छन्।’ बासले तीन वर्षअघि मात्र से’क्स डलको व्यापार सुरु गरेका हुन्। ‘कोही–कोही महिला ग्राहक त अच’म्मका हुन्छन्,’ उनी भन्छन्, ‘हालसालै एक जना ग्राहकले हामीलाई अनौठो अर्डर दिएकी छिन्। उनी यस्तो से’क्स रोबोट चाहन्छिन्, जसको टाउको महिलाको होस् तर शरीर र यौ’नांग भने पुरुषको होस्।’

महिलाले कसरी यौ’न खेलौना प्रयोग गर्छन् भन्ने विषयमा थोरै मात्र अध्ययन भएका छन्। ‘ह्वाट द से’क्स’ नामक पोडका’स्ट चलाउने पत्रकार फिबी ग्रेगरका अनुसार महिलाले से’क्स रोबोटलाई आफ्नो सपनाको व्यक्ति मानेका हुन्छन् । ‘आफूले कल्पना गरेको आ’दर्श पार्टनर वास्तविक जीवनमा नभेटेपछि महिलाहरू से’क्स रोबोटमार्फत आफ्नो त्यो इच्छा पूरा गरिरहेका छन्,’ उनी भन्छिन्।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।