सागको टिकट लिन जाने सर्वसाधारणलाई कुटपिट गर्दै प्रहरी पत्रकारलाई पनि यस्तो सम्म दुर्व्यवहार

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २४ मंसिर ।

दशरथ रंगशालामा १३औं दक्षिण एसियाली खेकूदको समापन कार्यक्रम हेर्नका लागि टिकट काट्न गएका सर्वसाधारणलाई प्रहरीले दुर्व्यवहार गरेको छ । यसै क्रममा एक पत्रकारलाई पनि प्रहरीले कुटपिट गरेको छ।

सर्वसाधारणमाथि प्रहरीले कुटपिट गरिरहेको फोटो खिच्न खोज्दा नागरिकका पत्रकार सुमन चापागाईलाई पनि प्रहरीले कुटपिट गरेको हो।

टिकट लिने ठाउँमा भीडभाड थियो । टिकट लिन आएकाहरुलाई प्रहरीले दुर्व्यवहार गरेको देखेर पत्रकार चापागाईले सम्झाउन खोजेका थिए । प्रहरीले कुटपिट जारी राखे। त्यसपछि फोटो खिच्न लागेका बेला आफूलाई कुटपिट गरेको चापागाईले बताए । अन्नपुर्ण पोष्टबाट

भिडियो

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।