अब छोरीको नाममा बैंक खाता खोले सरकारले जम्मा गरिदिनेछ मासिक ५ सय !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २४ मङ्सिर ।

कर्णाली प्रदेशमा उमेर नपुग्दै छोरीहरुको विवाह गराइदिने प्रचलनले उच्च शिक्षाबाट प्राय छोरीहरु प्राय बन्चित हुने गरेका छन् । यसै कुरालाई मध्यनजर गर्दै सरकारले छोरी नाममा बैंक खाता खोल्ने प्रक्रिया शुरु गरेको छ । छोरीलाई कम्तीमा माध्यमिक तहसम्मको अध्ययन ग्यारेन्टी लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले छोरीलाई बैंक खाता कार्यक्रम ल्याएको हो ।

चालू आर्थिक वर्षको साउनदेखि कर्णालीमा जन्मेका छोरीहरुका लागि बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको नाम दिइएको यो कार्यक्रम लागू हुने बताइएको छ ।

कार्यक्रमअन्तर्गत पहिलो महिना एक हजार र दोस्रो महिनादेखि २० वर्षसम्म मासिक पाँच सय रुपैयाँका दरले प्रदेश सरकारले छोरीको बैंक खातामा रकम जम्मा गरिदिनेछ । यस हिसाबले छोरी २० वर्ष पुग्दा १ लाख २० हजार पाँच सय रुपैयाँ जम्मा हुन आउँछ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।