गृह मन्त्रालयले माग्यो ६०० कर्मचारी, के चाहिन्छ योग्यता अनि कति छ तलव (विवरण सहित)

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २४ मंसिर ।

गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचय पत्रतथा पञ्जिकरण विभागले करिब ६०० कर्मचारी आवश्यक रहेको भन्दै दरखास्त माग गरेको छ । सो विभागले मुलुकका विभिन्न जिल्लाका लागि कर्मचारी माग गरेको हो । गृह मन्त्रालय अन्तरर्गतको पञ्जिकरण विभागले विभिन्न जिल्लाका लागि दर्ता अपरेटर पदका लागि कर्मचारी माग गरेको हो । गृह मन्त्रालयले एक सूचना जारी गरी कर्मचारी आवश्यकता रहेको उल्लेख गरेको छ ।

सबै नपाली नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन लागेको गृह मन्त्रालयले सोही कामका लागि कर्मचारी माग गरेको हो । राष्ट्रिय परिचय पत्र वितरण कार्यका लागि विभिन्न जिल्लाका लागि करारमा कर्मचारी माग गरेको सूचनामा उल्लेख छ । त्यसका लागि दर्ता अपरेट पदमा कर्मचारी आवश्यकता परेको हो । सूचनामा झापामा १६४ जना, ललितपुरमा ११७ जना, कञ्चनपुरमा ९१ जना कर्मचारीको आवश्यकता रहेको उल्लेख छ ।

त्यस्तै संखुवासभा ४०, गुल्मीमा ७१ र चितवनमा ११७ कर्मचारीको माग गरिएको छ। यसका लागि आवेदन सम्बन्धीत जिल्लामा रु १० को टिकट टाँसेर निशुल्क दरखास्त दिन सकिने विभागले जनाएको छ। त्यस्तै तलब भने दैनिक १२ सय उपब्ध गराउने विभागले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४३८ जनाका लागि रोजगारी, यस्तो छ प्रकृया सूचना सहित

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि कर्मचारीको माग गरेको छ । प्राधिकरणको प्रशासन महाशाखाले सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ४३८ जना कर्मचारी माग गरेको हो । सूचनाअनुसार कम्युटर अपरेटर १५ जना , सहायक कम्युटर अपरेटर १२, उद्घोषक–उद्घोषिका ७ जना, टेलिफोन अपरेटर ८ जना, हेल्पर ४ जना, हेभि सवारी चालक ८ जना, हलुका सवारी चालक१३ जना, पालेपहरेदार ७९ र ट्रली कलेक्टर ३६ जना गरी ४ सय ३८ जना कर्मचारी माग गरेको हो ।

तर यो सूचनाका आधारमा ब्यक्तिले प्रत्यक्ष रुपमा प्राधिकरणमा फर्म दर्ता गराउन भने मिल्दैन । प्राधिकरणले कर्मचारी सप्लाई गर्ने कम्पनीसंग करारमा खरिद गर्नका लागि बोलपत्र आह्वान गरेको छ । बोलपत्र मार्फत छनौट भएका कम्पनीले प्राधिकरणका लागि कर्मचारी सप्लाई गर्न कर्मचारीको माग सहित फेरी सूचना प्रकाशित गर्न सक्नेछ । प्राधिकरणले निम्म पद र तहमा कर्मचारी आवश्यक भएको भन्दै टेण्डर आह्वान गरेको हो । प्राधिकरणले माग गरेको कर्मचारीका रुपमा जानका लागि टेण्डर मार्फत छनौट भएको संस्थाले आह्वान गरेको कर्मचारी सम्बन्धी विज्ञापनमा फाराम भर्नुपर्नेछ । कम्पनीले छनौट गरेर प्राधिकरणमा जागिरका लागि पठाउने छ । सूचना हेर्नुहोस्

रोजगारीको थलो बन्यो महाकालीको बगर

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाकी ५० वर्षीया विमला महताको दिन महाकाली नदीको बगरमै मजदूरी गर्दै बित्ने गर्छ । पारिवारिक अवस्था कमजोर भएकाले तीन वर्षदेखि बस्ती छेउमै बगिरहेको महाकालीको बगरमा बालुवा र गिट्टी छानेर परिवारको खर्च चलाउन लागिपरेको महताको भनाइ छ ।

उहाँको परिवारको आम्दानीको स्रोत भनेकै बालुवा बनेको छ । “आपूmसित भएको चार कठ्ठा खेत पनि चार वर्षअघि आएको बाढीले बगाइदियो” उहाँले भन्नुभयो, “गरिबीले च्यापेपछि छाक टार्न दिनभरि बालुवा छाल्नु नियति नै बन्यो ।” दिनभरिको मजदुरीले साँझबिहान हातमुख जोर्नु नै उहाँको लागि मुख्य चुनौती रहेको छ ।

महताजस्तै यतिबेला महाकाली तटीय क्षेत्रका सयौँ बासिन्दा महाकालीको बगरमा मजदूरी गरिरहेका भेटिन्छन् । “असोजदेखि जेठ मसान्तसम्मका लागि हाम्रो रोजगारी स्थल भनेकै महाकालीको बगर हो ।” खल्लाका मनोज लावडले भन्नुभयो, “बगरकै कमाइले बच्चाको स्कूल खर्च चलाउन सकिएको छ । विदेश जानुभन्दा यहीँको बालुवामा भाग्य खोज्नु उपयुक्त ठानेँ ।”

गाउँका प्रायः बेरोजगार स्थानीयबासी दैनिक बिहानदेखि साँझ अबेरसम्म बालुवा छान्न र गिटी कुट्नमै व्यस्त हुने गरेको लावडको भनाइ छ । “गिट्टीको प्रतिट्रली रु तीन हजार र बालुवाको रु एक हजारमा बगरमै बिक्री गछौँ ।” उहाँले भन्नुभयो, “अहिले भारत जानेको सङ्ख्याभन्दा बगरमै काम गर्नेहरु बढ्दै गएको छ ।” आफूहरुले छानेर निकालेको बालुवा बिक्रीको समस्या भने उहाँहरु बताउनुहुन्छ । ठेकेदारहरुले खोलामै आएर बालुवा किन्ने गरेका छन् ।

त्यसैगरी भीमदत्त नगरपालिका वडा नं ११, १२ र १३ को क्षेत्रमा पनि बगरमा गिट्टी छान्नेको भीडभाड नै छ । भीमदत्त नगरपालिकाको ऐरी घाटमा एक दशकदेखि मजदुरी गर्दै आउनु भएकी कलावती खड्काले पनि बगरको मजदुरीबाट घर खर्च टरेको बताउनुभयो । “गिट्टी र बालुवामा कडा मेहनत गरी प्राप्त आम्दानीले छोराछोरीलाई क्याम्पस पढाउन सकेकी छु,” उहाँले भन्नुभयो, “श्रीमान भारतमा मजदुरी गर्नुहुन्छ । अब उहाँलाई पनि घरमै फर्केर केही व्यवसायमा लगाउने सोच बनाएको छु ।”

त्यसैगरी महाकाली नदीमा हिउँदको समयमा मजदुरी गर्न जिल्लाका अन्य क्षेत्रबाट पनि आउने गरेका छन् । “जग्गा छैन बालुवा बेचेर घरखर्च चलाउनुपर्छ ।” खड्काले भन्नुभयो, “सरकारले अन्य कुनै सीपमूलक तालीम दिएको भए यहाँ बालुवासित सङ्घर्ष गर्नुपर्ने अवस्था आउने थिएन ।”

त्यसैगरी भीमदत्त नगरपालिका–१२ का तुलसी औजी पनि हरेक दिनजसो महाकाली बगरमै मजदुरी गरिरहेको अवस्थामा भेटिनुहुन्छ । “बगरमै गरिएको मेहनतले परिवार धानिएको छ” औजीले भन्नुभयो, “गरिबीले बगरमा मजदुरी गर्न नआएको दिन छाक टार्नै सकस हुन्छ ।” बिदाको दिनमा बालबच्चा पनि उनीहरुसँगै बगरमा काम गर्न आउने गर्दछन् ।

महाकाली बगर नै हामीहरुको रोजगारीको थलो बनेको छ । नदीले बगाएर ल्याएको बालुवामा नै हामी भविष्य खोज्दैछौँ ।” उहाँले बगरमा नौ महिना काम गर्दा रु ४० हजार कमाइ हुने गरेको बताउनुभयो । भारतमा मजदुरी गर्न जाँदा त्यति कमाइ गर्न कठिन हुने उहाँको भनाइ छ ।

पर्यटन क्षेत्रमा अनुसन्धानको अभाव स् मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उचित अनुसन्धानको अभावका कारण पर्यटन क्षेत्रले सोचेजति प्रगति हासिल गर्न नसकेको बताउनुभएको छ ।

अनुसन्धानमुलक दस्तावेजको अभावमा प्रभावकारी पर्यटकीय योजना निर्माण हुन नसकेको उल्लेख गर्दै उहाँले आगामी वर्ष सरकराले अनुसन्धानलाई जोड दिने जानकारी दिनुभयो । पर्यटन विकासको नयाँ गन्तव्यस्थलको खोजी गर्ने उद्देश्यले बारबरा फाउण्डेशनले आज काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा मन्त्री भट्टराईले भन्नुभयो, “अब पहिलो काम पर्यटन क्षेत्रकै खोज र अनुसन्धान गर्नुपर्ने छ, त्यही अनुसन्धानको दस्तावेजका आधारमा नयाँ योजना बनाउनु जरुरी छ, यो काम आगामी वर्षदेखि शुरु हुन्छ ।”

उहाँले नेपाल भ्रमण वर्ष २०२० चल्दै गर्दा आगामी दशकलाई पर्यटन प्रवद्र्धनको दशकको घोषणा गरेर अनुसन्धानात्मक दस्तावेज तयार पारी पर्यटन विकासका योजना निर्माण गर्ने र त्यही मुताविक पूर्वाधार विकासमा लाग्ने सरकारी योजना रहेको बताउनुभयो । भ्रमण वर्षमा पर्यटक मात्रै भित्र्याउने उद्देश्य नरहेका प्रष्ट्याउँदै उहाँले पर्यटकको बसाइ लम्ब्याउने, खर्च बढाउने र रोजगारी सिर्जना गर्ने तथा आर्थिक समृद्धिमा टेवा पु¥याउनेतर्फ सरकराको ध्यान रहेको बताउनुभयो ।

आगामी १० वर्षमा पर्यटन क्षेत्रको कुल गाह्र्रस्थ उत्पादनमा तीनबाट १० प्रतिशत पु¥याउने सरकारको योजना रहेको जानकारी दिँदै उहाँले भ्रमण वर्षका क्रममा स्थपित पर्यटकीय गन्तव्य मात्रै नभई नयाँ पर्यटकीय क्षेत्रको विकास र पहिचान गर्न लागिएको उल्लेख गर्नुभयो । “पर्यटकहरु एकै ठाउँमा पटकपटक आउँदैन, उनीहरुको चाहना नयाँनयाँ ठाउँ र त्यसैले हामीले नयाँ गन्तव्य सिर्जना गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

बुद्ध, रामायण, र शिव सर्किटको विषय छलफलको चरणमा रहेको उल्लेख गर्दै उहाँले यसले दक्षिण एशिया मात्रै नभई जोडिएका अन्य देशसँगसमेत सम्बन्ध विस्तारमा ठूलो फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पर्यटन विकासका लागि अन्तरराष्ट्रिय कनेक्टिभिटी अर्को महत्वपूर्ण कुरा रहेको बताउनुभयो । मन्त्री भट्टराईले सांस्कृतिक र ऐतिहासिकस्थललाई एक अर्कासँग जोडेर नयाँ सम्भावनाको खोजी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

लुम्बिनीसँग सम्बन्ध गाँसिएको देवदह, तिलौराकोटलगायत क्षेत्र जोडेर सरकारले ग्रेटर लुम्बिनीको परिकल्पनाअघि बढाएको जानकारी दिँदै उहाँले तराई क्षेत्रको सांस्कृतिक तथा धार्मिक क्षेत्रलाई पनि एकीकृत रुपमा विकास गर्न सके पर्यटकीय सम्भावना थपिने उल्लेख गर्नुभयो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।