भाेलि जाेर नम्बरका सवारी मात्र चल्ने, रङ्गशाला वरिपरिकाे रूट प्रयाेग नगर्न अनुराेध

हाम्रो सन्देश संवाददाता

काठमाडौं,२३ मंसिर ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले भाेलि मंगलबार १३औँ दक्षिण एशियाली खेलकूद (साग) को समापनका समाराेहलाई लक्षित गर्दै ट्राफिक व्यवस्थापनमा सहयाेग गरिदिन अनुराेध गरेकाे छ ।

साे क्रममा ट्राफिक व्यवस्थापनलाई ‘चुस्त, दुरूस्त, व्यवस्थित र सुरक्षित’ बनाउन भन्दै महाशाखाले जाेर नम्बरका सवारी साधन मात्र चलाउन र सकेसम्म दशरथ रंगशाला वरिपरिकाे रूट प्रयाेग नगर्न सर्वसाधारणमा अनुराेध गरेकाे छ ।

साथै साे दिन कमभन्दा कम मात्र सवारी चलाउन र मालबाहक सवारी साधनहरूलाइ रिङराेडभित्र प्रवेश नगर्न समेत अनुराेध गरिएकाे छ ।

हेर्नुहाेस् महाशाखाको विशेष अनुरोध–

मंसिर २४ गते समापन दिन सरकारी, अत्यावश्यक सेवा, खेलकुद सम्बद्ध, सञ्चारकर्मी तथा पर्यटक आवद्ध सवारी साधन बाहेक रिङ्गरोड भित्र सम्पूर्ण सवारी साधनहरू जोर नम्वरमा मात्र चलाउन हुन ।

ठुला मालवाहक सवारी साधनहरू रिङरोड भित्र प्रवेश नगरीदिनु हुन ।

दशरथ रङ्गशाला वरिपरिका सवारी मार्गको सकभर प्रयोग नगरी अन्य वैकल्पिक तथा भित्री सडकको प्रयोग गरिदिन हुन ।

२४ गते समापनका दिन कम भन्दा कम सवारी साधनहरू निकाल्नु हुन ।

सवारी मार्गमा पुराना र अवस्था ठिक नभएका सवारी साधनहरू नचलाउनु हुन ।

खेल हेर्न आउने सम्पूर्ण सर्वसाधारणहरूको पार्किङ्ग स्थल काठमाडौँ मल अगाडीको टुँडिखेलमा तोकिएकोले सोही अनुसार गरिदिनुहुन ।

हर्नलाई पूर्ण रूपले निषेध गर्नुहुन ।

ट्राफिक नियमको पुर्ण रुपमा पालना गर्नु हुनका साथै सडकमा जथाभावी बाटो नकाट्नुहुन ।

ट्राफिक सम्वन्धि समस्या तथा अन्य जानकारीका लागि ट्राफिक प्रहरीको हट लाईन नम्वर १०३ मा फोन गर्नु हुनका साथै नियमित रूपमा मेट्रो ट्राफिक एफ.एम.९५.५ मेघाहर्ज सुन्नहुन ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।