नेपाल उड्न ७ घण्टा मात्रै बाँकी छँदा युएईमा शुकमायाले प्राण त्यागिन्

हाम्रो सन्देश संवाददाता

युएई,२३ मंसिर ।

रोजगारीको लागि युएई आएकी एक नेपाली चेलीको ज्यान गएको छ । स्वदेश फर्कन ७ घण्टा मात्रै बाँकी रहंदा चितवन अप्तारी २ की २३ वर्षीया शुकुमाया टमाटाको ज्यान गएको हो । करिब दुई वर्षअघि यहाँ आएकी शुकुमाया शारजहाँको एक विद्यालयमा सरसफाइ मजदुरको रुपमा काम गर्दै आएकी थिइन् ।उनको गत डिसेम्बर १९ तारिख बिहीबारका दिन नेपाल फर्कने टिकट थियो ।

उनी बुधवार साथीसँग किनमेल गर्न भन्दै मार्केट निस्केकी थिईन् । तर उनी मार्केट पुग्नेबित्तिकै अचानक बेहोस भएर ढलेकी थिइन् । अचेत अवस्थामा रहेकी उनलाई तुरुन्तै अजमान स्थित खलिफा अस्पताल पुर्याइएको थियो । उनको बिहिबार बिहान अस्पतालमै ज्यान गएको हो ।उनी विदा सकाएर दुई महिना अघिमात्रै युएई फर्केकी थिईन् । घबाट फर्किएको केही दिनमै उनलाई मुटुमा समस्या देखिएको थियो। मुटुमा समस्या देखिएपछि डाक्टरको सुझाव अनुसार नेपालमै उपचार गराउने योजना बनाएर उनी स्वदेश फर्कन लागेकी थिईन् । मृतक शुकमायाका श्रीमान र ४ वर्षकी छोरी छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।