प्रधानमन्त्री ओलिले बोलाए मन्त्री परिषद बैठक

हाम्रो सन्देश संवाददाता

काठमाडौं,२३ मंसिर ।

एपेन्टिसाइटिसको अप्रेसन पछि आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

१० मंसीरमा शल्यक्रिया गरेका प्रधानमन्त्री ओली १९ मंसीरमा बालुवाटार फर्किएका थिए । त्यस यता व्यक्तिगत भेटबार्ता गरिरहेका प्रधानमन्त्री ओलीले दिउँसो चार बजे मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले मन्त्रिपरिषद बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।