सातदोबाटो र चापागाउँ वृत्तका डिएसपी परिवर्तन (हेर्नुहोस सूचि)

हाम्रो सन्देश संवाददाता

ललितपुर, मंसिर २२ ।

प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षकहरुको काज सरुवा गरेको छ ।

महानगरिय प्रहरी वृत सातदोबाटोमा कार्यरत डिएसपी गौतम मिश्रको जिल्ला प्रहरी कार्यालय बारामा काज सरुवा भएको छ । उनको ठाउँमा जिल्ला प्रहरी कार्यालय गोरखाका मित्रबन्धु शर्मालाई जिम्मेवारी दिएको छ । आफ्नो नियमित एकवर्षे कार्यकाल पूरा गरी मिश्र काज सरुवा भएका हुन् ।

 

त्यसैगरी महानगरिय प्रहरी वृत्त चापागाउँमा कार्यरत डिएसपी रामकृष्ण सापकोटाको पनि महानगरिय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा काज सरुवा भएको छ । उनको ठाउँमा प्रहरी प्रधान कार्यालय सुरक्षा व्यवस्थापन निर्देशनालय कार्यरत डिएसपी कृष्णराज ओझालाई जिम्मेवारी दिएको छ । ललितपुरको टिकाभैरव, लेले क्षेत्रमा सञ्चालित अवैद्य ढुंगा खानी र जुवा अखडा सञ्चालनमा विवादमा मुछिएपछि नियमित सरुवा भन्दा अगाडि काज सरुवा गरेको स्रोतले बतायो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।