कोहलपुरमा डिएसपी घाइते, कर्फ्यू लगाउने तयारी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ मंसिर ।

बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएपछि भिड आक्रोशित बनेको छ ।

ना २ ख ९४५९ नम्बरको ट्रकले भे ६ प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा १२ वर्षीया प्रकृति चन्दको मृत्यु भएको छ ।

साथीको मृत्यु भएपछि विद्यार्थीहरुले सवारीमा तोडफोड तथा ढुंगामुढा समेत गरेका छन् ।

प्रहरीले प्रदर्शन रोक्न विद्यार्थीमाथि गोली चलाएको छ । त्यसक्रममा केहि विद्यार्थीहरु घाइते भएका छन् ।

प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाही पनि घाइते भएका छन् ।

स्थिति तनावग्रस्त भएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाउने तयारी गरेको छ ।

आन्दोलन अनियन्त्रित बनेको छ । स्थानीय र प्रहरीबीच ढुंगा हानाहान जारी छ ।

प्रहरीले हवाई फायर र अश्रु ग्यास प्रहार गर्दा पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।