घट्याे सुनकाे भाउ यस्ताे छ आज

हाम्रो सन्देश संवाददाता

काठमाडौं,२२ मंसिर ।

हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटेको छ ।

सुनको भाउ आज आइतबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७१ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तोलामा ३ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी आज आइतबार तोलामा १० रुपैयाँ घटेर तोलाको ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।