द भोइस अफ नेपाल सिजन २ का विजेता बने राम लिम्बु, हेर्नुस को हुन् त राम लिम्बु ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं,२१ मंसिर ।

धेरै नेपालीको मन जित्न सफल रहेको नेपालको चर्चित रियालिटी सो द भोइस अफ नेपाल सिजन २ का विजेताको टुङ्गो लागेको छ । फिनालेमा पुगेका चार जनामध्ये राम लिम्वु सिजन २ को विजेता बनेका हुन । कोच प्रमाेदका रामले विजेता बनिरहदा कोच अस्थाका अरिफ राफ, कोच दिपका विकास लिम्वु, कोच राजुका सनिश श्रेष्ट भने भोटिङमा पछि परेका हुन ।

काठमाडौँको चुच्चेपार्टी स्थिति होटल हायतको मैदानमा भइरहेको छ फिनालेमा दर्सकहरुको बाक्लाे उपस्थिति रहेको थियाे ।

हिमालयन टेलिभिजन बाट प्रसारित चारचित रियालिटी शो द भ्वाइस अफ नेपालको सिजन टु को टप ४ मा परेका झापा बिर्तामोडका राम लिम्बू बिजेता बनेका हुन्

आफूलाई मन परेको प्रतिस्पर्धीलाई भोट गर्दै आएका बिर्तामोडका युवाहरुले राम लिम्बू जिताऊ अभियान बनाएर सबैसँग भोट गर्न अपिल गरेका छन् । रामका फ्यानहरुले राम लिम्बूलाई भोट गर्न आह्वान गरेका थिए ।

बिर्तामोडमा कार्यालय स्थापना गरेर प्रचारप्रसारलाई तिव्रता दिँदै आएको अभियानका सल्लाहकार प्रकाश लिङ्देनले जानकारी दिए । उनका अनुसार बिर्तामोडमा मात्र नभएर धरान, इटहरी, दमक, इलाम, श्रीअन्तु, फिदिम, ताप्लेजुङलगायतका स्थानमा प्रचार सकियको जनायका छ्न ।

हामीले पैसा उठाएका छैनौँ, हामीले स्वेच्छाले आफैँबाट खर्च गरेर प्रचारप्रसार गरिरहेका छौँ’, उनले भने । करिब ४० हजारजतिको पम्प्लेटिङ, व्यानरिङमा खर्च भएको उनको भनाइ छ । उनीहरुले फ्यान क्लबजस्तै बनाएर अभियानलाई सफल बनाउन लागिपरेको र उपाधी समेत रामले नै उचाल्ने पनि सुनाए ।

अभियानको संयोजकमा आशिष बुढाथोकी रहेका छन् । उनी राम लिम्बूलाई सांगीतिक यात्रामा नेतृत्व गर्ने अगुवा हुन् । अभियानको सहसंयोजकमा अनिष सुवेदी रहेका छन् भने सचिवमा बाप्पा शाह, कोषाध्यक्षमा सुमन गुरुङ, सदस्यहरुमा आकाश उप्रेती, भरत राई, बेनु गुरुङ, रमेश गुरुङ, सुमन खत्री, इशान ओली र प्रविण गुरुङ रहेका छन् ।

अभियानको सल्लाहकारमा युवा नेतृत्व प्रकाश लिङ्देनसहित आशिष वन, मनोज बुढाथोकी, समिल राई र कैलाश प्रसाई रहेका छन् ।

अभियानका सचिव शाहका अनुसार विदेशमा रहेका राम लिम्बूका समर्थकले पैसा पठाउने भनिरहेका छन् तर आफैँ भोट गर्न आग्रह गरिरहेको बताइएको छ ।

झापा बिर्तामोड ३ बिर्ताबजारका बासिन्दा लिम्बूको पहिलो रोजाइ फुटबल खेलाडी बन्नु थियो । उनी एन्फाको छनौटमा पनि परे । तर, खेल दौरानमा उनको खुट्टामा चोट लागेपछि उनी घर फर्किएका थिए ।

स्थानीय ग्लोरी बोर्डिङ स्कुलको कक्षा १० मा पढ्दै गर्दा एउटा गायन प्रतियोगितामा भाग लिँदा उत्कृष्टको सूचीमा परेपछि उनी गायन क्षेत्रमा मोडिएका लिम्बू । बिर्तामोडमा ५ वर्षदेखि निरन्तर सांगीतिक क्षेत्रमा सक्रिय २४ वर्षे यी युवा नेप्लिसियन ब्याण्डका भोकलिस्ट हुन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।