भर्खरै अटो दुर्घ*टना हुँदा ५ जनाको मृ*त्यु

हाम्रो सन्देश संवाददाता

काठमाडौं,२१ मंसिर ।

चितवनको राप्ती नगरपालिका ४ मा शनिबार साँझ अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते छन् ।

चेपाङमार्ग भएर चौकी डाँडातर्फ आउँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा ५ जनाको मृत्यु भएको ईलका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।

घटनामा परी पर्बतको कुस्मा नगरपालिका पिपलटारी बस्ने श्यामप्रसाद तिवारीसहित ५ जनाको मृत्यु भएको छ । अन्य मृतकको सनाखत हुन सकेको छैन ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।