को संग आज विहे गरिन त नायिका ऋचा शर्माले

हाम्रो सन्देश संवाददाता

काठमाडौं,२१ मंसिर ।

नायिका ऋचा शर्मा वैवाहिक बन्धनमा बाँधिएकी छिन् । उनले आज दीपेक्षजंग राणासँग विवाह गरेकी हुन् । विवाहको तस्विर नायिका केकि अधिकारीले फेसबुकमा पोष्ट गरेकी छिन् ।

आज एक पार्टी प्यालेशमा उनले विवाह गरेकी हुन् । केहि दिन पहिले उनले फेसबुकमार्फत विवाह गर्न लागेको जानकारी गराएकी थिइन् ।

‘तपाईले हामीलाई वर्षभरि दिनु भएको माया, शुभकामना र आशिषप्रति कृतज्ञ छौँ’, कार्डमा उल्लेख छ, ‘हामीले टेकेको नयाँ पाइलामा पनि यस्तै माया र आशीर्वादको आशा गदर्छौं ।’

दीपेक्ष ललितपुरको पुल्चोकस्थित लविम मलका व्यवस्थापक हुन् । उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा थिए । यसअघि ऋचाले साथीहरूसँग पोखरामा ब्याचलर पार्टीसमेत मनाएकी थिइन् ।

उनको ब्याचलर पार्टीमा केकी अधिकारी, प्रियंका कार्कीसहितका नायिकाहरुको उपस्थिति थियो ।

फिल्ममा अभिनय गरेकी ऋर्चा पछिल्लो समय विभिन्न रियालिटी शोहरुमा निर्णायकको भूमिकामा समेत देखिने गरेकी छिन् । गतवर्ष ऋर्चाले हरर फिल्म ‘सुनकेसरी’ निर्माण गरेकी थिइन् ।

उनलाई यो फिल्मले सोचे जति सन्तुष्टि दिएन । अब उनले हरर फिल्म खेल्ने इच्छा समेत नभएको बताएकी छिन् । फिल्म निर्माण तिर नदेखिएकी ऋर्चाले यही वर्ष ‘पाङग्रा एक्सपेस्र’ मार्फत व्यवसाय तिर हात हालिन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।