सामुहिक बलात्कार गरी जलाएर मार्ने चारै जनालाई प्रहरीले घट्नास्थलमै लगेर गोली ठोक्यो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, मंसिर २० ।

भारतको तेलंगानाकी डाक्टर लाई सामुहिक बलात्कार र त्यसपछि हत्याका चारै आरोपीतहरुलाई प्रहरीले गएको राती बलात्कार भएकै स्थानमा लगेर गोली हानी मारेको छ । क्राइम सीनलाई रीक्रिएट गर्नको लागी उनीहरुलाई त्यही स्थानमा लगीएको थियो जहाँ उनीहरुले दुश्कर्म गरेका थिए । प्रहरीको अनुसार, यही दौरान आरोपीहरु त्यहाँबाट भाग्ने कोशिश गरेका थिए । प्रहरीबाट बच्नको लागी उनीहरुले ढुङगाले पनि हानेको थिए । लिहाज प्रहरीले आत्मरक्षाको लागी इन्काउन्टर गर्दे चारै जनालाई मारेको बताएको छ ।

साइबराबाद प्रहरी प्रमुख वीसी सज्जनारका अनुसार आरोपीतहरु मे आरिफ, नवीन, शिवा र चेन्नाकेशवुलु आज विहान तीन बजेदेखी ६ बजेको बिचमा शादनगरको चेत्तनपल्लीमा प्रहरी इन्काउन्टरमा मारिएको पुष्टि गरे ।

यता बलात्कारमा परी ज्यान गुमाएकी युवतीका पिताले मेरो छोरीले १० दिनमै न्याय पाएको बताउदै तेलंगाना प्रहरी र सरकारलाई धन्यवाद दिदै भने ‘अब मेरो छोरीको आत्माले शान्ति पाउनेछ’ ।

यसरी भयो घटना

गएको हप्ता भारतको हैदराबादकी २७ वर्षीया एक युवतीलाई बलात्कारछि हत्या गरीएको थियो । बलात्कारपछि ती महिलालाई जलाएर हत्या गरिएको प्रहरीको अनुसन्धानले पुष्टि गरेको थियो । पशु चिकित्सक यु्वतीलाई ३ जना ट्रक ड्राइभर र एक जना क्लीनरले सामुहिक बलात्कार गरेपछि उनलाई जलाएर मारेका थिए ।

मृतक महिलाकी बहिनीका अनुसार उनी स्वास्थ्य जाँच गराउन गएको बुधबार साँझ ६ बजे घरबाट आफ्नो स्कुटरमा निस्किएकी थिइन्। टोल प्लाजास्थित स्कुटर पार्किङ गरी ट्याक्सी चढि उनी स्वास्थ्य जाँचका लागी गईन र राति ९ बजे मात्रै फर्किइन् । तर त्यसबेला उनको स्कुटरको टायर पंचर भएको थियो । त्यसै बेला एक मालबाहक गाडीका चालकले उनलाई स्कुटर बनाइदिने भन्दै त्यहाँ बस्न सुझाए ।

ती महिलाले त्यहाँ बस्न डराएपछि बहिनीलाई फोन गर्दे जानकारी गराएकी थिइन् । केही बेरमै फोन स्वीच अफ भएको बहिनीले जनाएकी छन्। भोलिपल्ट उनको खोजीमा त्यहाँ पुग्दा उनको मृत शरीर जलेको भेटिएको प्रहरीले पुष्टि गरेको थियो ।

भारतमा पछिल्लो सरकारी रिपोर्ट हेर्दा हरेक दिन ९२ वटा बलात्कारका घटना हुने गरेको पाइएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।