१० दिन अस्पताल बस्दा प्रधानमन्त्रीको उपचार खर्च २ लाख ५४ हजार ६ सय ८८ रुपैयाँ

हाम्रो सन्देश संवाददाता

काठमाडौं, मंसिर १९ ।

प्रधानमन्त्री केपी शर्मा ओली १० दिनको अस्पताल बसाइपछि बिहीबार दिउँसो डिस्चार्ज भएका छन् । डिस्चार्जका क्रममा उनले स्वास्थ्यमा सुधार भएकाले घर जान लागेको छोटो प्रतिक्रिया दिएका थिए ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीको उपचारमा २ लाख ५४ हजार ६ सय ८८ रुपैयाँ लागेको जानकारी दिए ।

मंसिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस अपरेसन गरिएको थियो । त्यसपछि उनी अस्पतालमै रहेका थिए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।