यी काम महिलाले रातीमा गर्दा हुन्छ धनको वर्षा ! जान्नुहोस्

हाम्रो सन्देश संवाददाता

महिलाहरूलाई घरको लक्ष्मी मानिने गरिन्छ । जो महिला जसको घरमा जान्छिन् त्यहाँ लक्ष्मीको बास र त्यस परिवारको भाग्य सफलता उनीसँग जोडिएको हुन्छ । तर ज्योतिष शास्त्रका अनुसार महिलाहरूले केहि यस्ता कामहरू पनि हुन्छन् जुन काम महिलाले राती गर्नुहुदैन् । जसका कारण उनीहरूको भाग्य फेरिने गर्छ महिलाले यस्ता कामहरू रातीमा नगरेकै राम्रो । हेर्नुहोस् कस्ता काम गर्न हुने कस्ता काम गर्न नहुने बारे तल केही उल्लेख गरिएको छ ।

सुर्यास्त पछि महिलाहरु कसैको घरमा पनि दुध, दही, नुन, तेल र प्याज लिन जानु हुँदैन यसो गर्नाले उनीहरुको जीवनमा बाधाहरु आउने गर्छन् र धेरै कष्टको सामना गर्नुपर्ने हुन्छ।ज्योतिष शास्त्रका अनुसार महिलाहरुले सुत्नु अघि कपाल नुहाउनु हुँदैन यस्तो गर्नु हानिकारक हुन्छ।महिलाहरुले रातमा झुठा भाँडाहरु भान्छामा राख्नु हुँदैन। यसो गर्नाले लक्ष्मीको बास घरमा हुदैन भने वैभव सम्पन्नता घरमा आउँछ।

यी काम गरेमा फाइदा हुनेछ
ज्योतिष शास्त्रका अनुसार घरकी महिलाले हप्तामा एकपटक घरमा रहेका सबै कोठामा कालो नुन पेपरमा बेरेर राख्नु पर्छ । यस पश्चात बिहान उठेपछि कसैसँग नबोली कागजमा राखिएको नुनलाई बाहिर फाल्नुपर्छ यसले घरमा उत्पन्न भएका नकारात्मक उर्जा बाहिर निकाल्न मदत गर्छ

रातमा सुत्नुअघि घरभित्र रहेको कुच्चो दक्षिण पश्चिम दिशामा लुकाएर राख्नुपर्छ यसले धन लाभ गर्छ।राती सुत्नुअघि भान्छामा एक बाल्टी पानी भरेर राख्नुहोस्। यसले घरमा सुख–समृद्धिको बास गराउँछ खाली बाल्टी राख्नुले घरमा चिन्ता भर्ने काम गर्छ।

ज्योतिष शास्त्रका अनुसार यस्ता युवतिहरू हुन्छन् निकै नै भाग्यशाली ।
एजेन्सी । विश्वै ज्योतिष शास्त्रको आफ्नै छुट्टै महत्त्व रहेको हुन्छ । ज्योतिष शास्त्रमा असल गुण भएकी कन्याका बारेमा वा भाग्यशाली यसवतीका बारेमा व्याख्या समेत गरिएको छ । युवतीहरूमा हुने आकार, चिन्ह, सम्झदारी, चलाख, शरीरका विभिन्न ठाउँमा भएका कोठीहरू आँखा र शरीरका विभिन्न भागहरूमा हुने विभिन्न कुराहरूलाई यहाँ ब्यख्या गर्न खोजिएको छ । कस्ता युवती अत्यन्त भाग्यशाली हुन्छन् त? यस बारे थाहा पाइराख्नुहोस् ।

समुन्द्र शास्त्रका अनुसार जुन कन्या को खुट्टाका औंला उठेको, गोलो, रातो रातो देखिन्छ त्यस्ता कन्या भाग्यशाली हुन्छन् । जुन कन्याको कुर्कुच्चामा सर्पको आकार हुन्छ त्यस्ता कन्या भाग्यशाली हुन्छन् यस्ता कन्यालाई सधैं इश्वरको कृपा रहीरहेको हुन्छ । जुन कन्याको पैतालामा त्रिकोण को चिन्ह हुुन्छ ति कन्या अत्यधिक चलाख हुन्छिन भनिएको छ । यस्ता कन्याले आप्mनो बुद्धि र समझदारीले सम्पूर्ण परिवारलाई खुशी राख्न सक्छिन् ।

नाभिको तल्लोपट्टि कोठी भएका कन्याहरु भाग्यशाली एवम् सुखी जीवन विताउने हुन्छन् । जुन कन्याका आँखा हरिणका जस्ता समान हुन्छन् सेतो भागको अन्तमा हल्का रातो हुन्छ यस्ता कन्या भाग्यशाली र सुखभोग पाउने हुन्छन् । जुन कन्याको जिब्रो रातो र कोमल हुन्छ उ आफूले त सुख भोग गर्छिन् नै सम्पूर्ण परिवारलाई पनि सुख प्रदान गर्न सक्ने हुन्छिन् ।

जुन कन्याको नाभी गहिरो र भित्रैबाट उठेको जस्तो देखिन्छ त्यस्ता कन्या पनि आफु र आफ्ना परिवारलाई सुख दिने खालकी हुन्छिन् । नाकको अघिल्लो भागमा कोठी हुने कन्या धन धान्यले पूर्ण हुन्छिन् । पैतालामा कमल चक्र एवम् शङ्खका चिन्ह हुने कन्या शुभफलदायी मानिन्छिन् । यस्ता कन्याका पति कि त ठूला व्यापारी कि त राजनेता हुन्छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।