सिलिन्डर विष्फोट हुँदा २३ जनाको मृत्यु, कम्तिमा १ सय ३० घाइते

हाम्रो सन्देश संवाददाता

एजेन्सी, १९ मंसिर ।

सुडानमा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ ।

राजधानी खार्तुमको एक सेरामिक कारखानामा भएको घटनामा कम्तिमा १ सय ३० व्यक्ति घाइते भएका छन् । कारखानामा काम गर्ने श्रमिकमध्ये अधिकांश भारतीय रहेको खुल्न आएको छ ।

भारतीय विदेशमन्त्री एस.जय शंकरले एक ट्वीट गर्दै घटनामा भारतीय केही नागरिक मारिएको खबर प्राप्त भएको उल्लेख गरेका छन् । कारखानामा ६० जना भारतीय श्रमिक कार्यरत थिए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।