यी हुन् एक घण्टा नाचेको ३ करोड लिने अभिनेत्री उर्वशी

हाम्रो सन्देश संवाददाता

केही समय अगाडी रिलिज भएको फिल्म ‘पागलपन्ती’को एक गीतमा देखिएकी अभिनेत्री उर्वशी रौतेलले एक लाइभ कार्यक्रममा नाचेको पैसा गरेको ३ करोड रुपैयाँ लिने गरेकी छन् । स्पोर्टब्वोइको खबर अनुसार भारतमा मात्र नाचेको ३ करोड दिने गरेकी छन् भने अन्य देशको रमक भने फरक रहेको छ ।

बलिउड फिल्म उद्योगमा यतिधेरै पैसाको माग गर्ने उनी मात्र एक सेलिब्रेटी हुन् । उर्वशीले नयाँ वर्षको पाटिमा ‘बिमार दि’ गीत – फिल्म–पागलपन्ती) , बिजलीकी तार (फिल्म सिंगल), ‘हसिनोका दिवाना’ –फिल्म – काबिल) ,र ‘ड्याडी ममी’ (फिल्म– भाग जानी) लगायतका गीतमा नाचेकी छन् ।

मिस टिन इन्डिया र मिस दिवा जस्तो अवार्ड जितेकी २५ वर्षकी उर्वशीले २०१३ मा बलिउडमा प्रवेश गरेकी हुन् । फिल्म ‘साहब दि ग्रेट’ बाट डेब्यु गरेकी उनले सनी देओलको अपोजिट काम गरेकी थिइन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।