आज ह्वात्तै घट्यो सुन चाँदीको भाउ -हेर्नुस् बजार भाउ

हाम्रो सन्देश संवाददाता

काठमाडौं, मंसिर १९ ।

बुधबार तोलामा एकैपटक ८ सय रुपैयाँ बढेको सुनको भाउ बिहिबार तोलामा २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहिबार छापावाल सुन तोलाको ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि छापावाल सुनको भाउ तोलाको ७२ हजार दुई सय रहेको थियो ।

त्यस्तै बुधबार ७१ हजार ९ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन बिहिबार तोलामा दुई सय रुपैयाँ घटेर प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने पुरानै लयमा फर्किएको छ ।

बुधबार एकैपटक १५ रुपैयाँ बढेर प्रतितोला ८ सय ६५ मा कारोबार भइरहेको चाँदीको मूल्य बिहिबार प्रतितोला ८ सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।