रुघाखोकी बाट बच्न के गर्ने ? हेर्नुहोस रुघाखोकी बाट बच्ने उपायहरु !

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

जाडो’याममा रुघा’खोकी लाग्ने सम्भा’वना बढी रहन्छ । संक्र’मित व्यक्तिले बोल्दा, खो’क्दा वा हाच्छ्युँ गर्दा मुख’बाट निस्कने की’टाणु हावाका माध्यम’बाट वाताव’रणमा फैलिन्छन् । मौसमी रुघा’खोकीका कारण विशेष’गरी रोग’प्रतिरोधात्मक क्षमता कम भएका बाल’बालिका, गर्भवती र बुढा’बुढीमा छिटो संक्रमण फैलिन्छ । यस रुघा’खोबीबाट बच्न निम्न उपाय’हरु अपनाउन सकिन्छ ।

–सरसफाईमा बढी ध्यान दिने ।

–चिसो तथा चिसो हावाबाट बच्ने प्रयास गर्ने ।

– खाना खानुभन्दा अघि राम्ररी हात धुने गर्नुपर्छ ।

–हरियो सागपात, फलफूल र झोलिलो खानेकुरा प्रशस्त मात्रामा सेवन गर्नुपर्छ । वायु प्रदूषणका कारण ब्याक्टेरिया र भाइरस फैलने भएकाले बाहिर भिडभाडमा हिँड्दा अनिवार्य मास्क लगाउनुपर्छ ।

– सकेसम्म खुला सथानमा बस्नुपर्छ । चिसोबाट बच्न भनेर एकै ठाउँमा धेरैजना बस्ने गरेको पाइन्छ । यसले संक्रमण हुने सम्भावना बढी हुन्छ ।

–धुम्रपानबाट टाढा रहने तथा धुवाँ–धुलोबाट बच्नुपर्छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...