बडिगाड खोलामा जिप खस्दा १३ जनाको मृत्यु

हाम्रो सन्देश संवाददाता

बागलुङ, १७ मंसिर ।

जिल्लाको बडिगाड गाउँपालिका–७ घोपर्नामा जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

गुल्मी इस्माबाट देविस्थान जाँदै गरेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जानकारी दिनुभयो ।

जिप मध्यपहाडी लाेकमार्गबाट बडिगाड खाेलामा खसेकाे छ ।

गुल्मीबाट कुलपुजाको लागि बागलुङको देविस्थान जाँदै गरेको जिप बडिगाड गाउँपालिका–७ घोपर्नामा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

ग १ ज ५२१९ नम्बरको जिप मंगलबार बिहान १० बजे बडिगाड गाउँपालिका–७ घोपर्नामा दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जनतासमाचारलाई जानकारी दिनुभयो । जिपमा सवार १८ मध्ये ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा एक जना पुरुष, एक जना महिला र एक जना शिशु घाइते छन् । उनीहरुको बडिगाड पोलिक्ल्नीकमा उपचार भइरहेको छ भने, एकजना बेपत्ता भएको आशंका गरिएको छ । जिपमा १८ जना सवार थिए ।

सांसदद्वारा दुःख व्यक्त

बागलुङ क्षेत्र नम्बर २ का सांसद देवेन्द्र पौडेलले जिप दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

पौडेलले घटनाले मर्माहित बनाएको भन्दै मृतकलाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । साथै, परिवारजनामा समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...