अस्ट्रेलिया जाने लोभमा आफ्नै दाइसंग बिहे गरिन बहिनीले !

हाम्रो सन्देश संवाददाता

नेपालमा हाडनाता सम्बन्धमा विवाह चल्दैन । कानूनअनुसार यदी विवाह भयो भने पनि स्वतः बदर हुन्छ । तर अवसर र फाइदाका लागि मानिसहरु कुन हदसम्म गिर्छन् भन्ने हालै सार्वजनि एउटा समाचारले पुष्टि गरेको छ । हालै एक परिवारले छोरीलाई अष्ट्रेलिया पठाउन भाइसँगै विवाह गरिदिएका छन् ।

भारतको पन्जाबमा एउटै दिदीभाइले अष्ट्रेलिया जाने लोभमा विवाह गरेका हुन् । भाई अष्ट्रेलिया कार्यरत भएको र बहिनीलाई अष्ट्रेलिया सिफ्ट हुनुपरेकोले उनले आफ्नै भाइसँग विवाह गरेकी हुन ।

विवाह लगत्तै बहिनीले नक्कली पासपोर्ट बनाएर अष्ट्रेलिया गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन । भाइ बहिनीको विवाह गराउन उनीहरूका आफन्त पनि लागिपरेको समाचारहरूमा जनाइएको छ ।

रातरात हिट भएकी रानु जसलाई लता मंगेश्करसँग तुलना गरिँदै

भाग्य कतिखेर बदलिन्छ भन्न सकिन्न। तर जब बदलिन्छ त्यो हामीले सोचेभन्दा निकै भिन्न भइदिन्छ। कतिपय अवस्थामा त त्यो सपना हो कि विपना छुट्याउनै सकिँदैन। भारतको पश्चिम बंगालको रानाघाट स्टेशनमा गीत गाएर गुजारा चलाउने रानूमण्डल यी दिनहरुमा यस्तै अनुभूति गर्दै छिन्।उनले गाएको ‘एक प्यारका नगमा है, मौजों कि रवानी है’बोलको गीत युट्युबमा भाइरल भएको छ। उनको आवाज सुन्नेहरुले मण्डललाई लतामंगेश्करको आवाजसँग तुलना गरेका छन्।

रेलवे स्टेशनमा उनले गाएको गीत एक यात्रुले रेकर्ड गरेर सोसल मिडियामा अपलोड गरेपछि भिडियो भाइरल भएको थियो। यही भिडियोबाट रानूले गीत गाउने अफर पाएकी छिन्। भारतीय गायक हिमेश रेशमियाले आफ्नो नयाँ फिल्म ‘ह्याप्पी हार्डी एण्ड हिर’को लागि‘तेरी मेरी कहानी’बोलको गीत रानूसँग रेकर्ड गराएका छन्। स्टुडियोमा रेकर्ड गरिएको भिडियो हिमेशले सोसल मिडियामा सेयर गरेका छन्।रानूलाई बलिउडमा इन्ट्रि गराउन मेकओभर समेत गरिएको छ। सैलुनमा उनको हेयरस्टाइल परिवर्तन गरिएको तस्विर पनि यतिबेला भाइरल भएको छ। पछिल्लो खबर अनुसार उक्त भिडियो कै कारण रानूको भेट छोरीसँग भएको छ। आमा छोरीको बिगत १० वर्षदेखि सम्पर्क हुन सकेको थिएन।

रानू मण्डलको जीवन निकै कष्टकर थियो। उनको विवाह मुम्बाइमा बाबु मण्डलसंग भएको थियो। पतिको मृत्युपछि उनी आफ्नो घर रानाघाट फर्किएकी थिइन्। उनले त्यहीँको रेलवे स्टेशनमा गीत गाएर पेट पालिरहेकी थिइन्।अहिले रानुलाई मुम्बाइको एक रियालिटी सो ले गीत गाउन अफर गरेको छ। साथै कलकत्ता, केरला र बंगलादेशबाट पनि गीत गाउन अफर आइरहेका छन्। रानूको जीवनमा आएको यस्तो परिवर्तनलाई भाग्यको खेल नै मान्नु पर्छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।