बडिगाड गाउँपालिका–७ मा जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु

हाम्रो सन्देश संवाददाता

गुल्मी, १७ मंसिर ।

गुल्मीको तम्घासबाट बुर्तिबाङ आउँदै गरेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जानकारी दिनुभयो ।

जिप मध्यपहाडी लाेकमार्गबाट बडिगाड खाेलामा खसेकाे थियो । उद्धार कार्य जारी रहेकोले घाईतेहरुको बिबरण भने आउन बाँकी छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।