महिलाहरु विवाहपछि मोटाउने कारण के ?

हाम्रो सन्देश संवाददाता

हामीले धेरै महिलाहरु विवाहपछि मोटाउँदै आएको देखेका छौं । प्रायः ‘स्लिम’ बन्न मन पराउने महिलाहरु विवाहपछि एक्कासी मोटाउने कारणबारे एक अनुसन्धान भएको छ । अनुसन्धानका अनुसार भर्खर विवाह गरेका महिलाहरु निकै खुशी हुने गर्छन् । आफ्नो समस्याहरुको समाधान गर्ने श्रीमानले गरिदिने साथै धेरै किसिमले महिलाहरु ढुक्क हुने कारणले गर्दा महिलाहरुको तौल बढ्न जान्छ ।

त्यस्तै, विवाहपछि महिलाहरुको दिनचर्या अलग हुने गर्छ । उनीहरुको सुत्ने, उठ्ने तथा खाने समय सबैमा परिवर्तन हुन्छ । यो समय परिवर्तन पनि मोटाउनुको मुख्य कारण हो । खानपानको तरिका, परिकार र समयको फरकले गर्दा विवाहित महिला छिट्टै मोटोपनको शिकार हुन पुग्छन् । घरको नयाँ सदस्य भएका कारण परिवारका सदस्यले सुरुमा धेरै खान प्रोत्साहन गर्ने भएकाले पनि महिलाहरुको तौल बढ्नु स्वाभाविक हो ।

धेरै महिलाहरुको सुत्ने र उठ्ने समय बदलिएका कारण पनि शरिरको तौल बढ्ने हुन्छ । त्यस्तै, अधिकांश महिलाहरु विवाहपछि घरभित्रकै काममा व्यस्त हुन्छन् । बाँकी फुर्सदको समयमा सुत्ने र टिभी हेरेर बिताउने गर्दा शाररिक रुपमा निष्क्रिय हुन्छन ।

अनुसन्धानका अनुसार विवाहपछिको परिवर्तित जीवनशैलीले महिलाहरुको शरीरमा हर्मोनले परिवर्तन आउछ जुन मोटोपनको कारण बन्नसक्छ । विवाहपछि बिस्तारै महिलाको उमेरमा पनि वृद्धि हुँदै जान्छ । उमेरको वृद्धिसँगै महिलाको मेटाबोलिजम कम हुन जान्छ र शाररिक रुपमा निष्क्रिय नभएको खण्डमा शरीरमा भएको बोसो पग्लिन सक्दैन र उनीहरुको मोटाइ बढ्न थाल्छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।