सोमबार व्रत बस्ने चलन कसरी सुरु भयो ?जन्नुहोस रहस्य

हाम्रो सन्देश संवाददाता

हाम्रो हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ ।शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ ।खाना बेलुकाको आरती सकिएपछि खाइन्छ । दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ । तर कुनै पनि पूजाको अगाडी गणेशको पूजा भने अनिवार्य नै छ ।

सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ । त्यस्तै ज्ञान प्राप्ति हुन्छ । अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझ बढी छ ।सोमबार शिवको व्रत बस्ने चलनको पछाडी धेरै पौराणिक तथा धार्मिक कथाहरु छन् । यी कथाहरुमध्ये तीन कथाहरु बढी चर्चित छन् ।

पहिलो कथाएक गरिब ब्राह्मणको बारेमा छ जसले शिवको व्रत पश्चात धन प्राप्त गरेको कथा छ।दोस्रो एक धनी व्यापारीको छ । जसको छोरा थिएनन् । लामो प्रतिक्षा पछि छोरा जन्मिए तर छोटो समयमै निधन हुन पुग्यो ।कथा अनुसार शिव र पार्वतीको कृपाले छोराको पुर्नजन्म भएको थियो । तेस्रो शिव र पार्वतीले खेलेको कौडा खेलको कथा छ ।

कुनै पनि खालको व्रत वा उपवासले शारीरिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ । समय समयमा व्रत बस्नाले शरीरलाई फाइदा पुर्‍याउँछ । व्रतको धारणा परापूर्वकालका ब्राह्मणहरुले ब्राह्मण धर्म प्रति मानिसलाई आकर्षित गर्न प्रयोग गर्दथे ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...