नेकपाले धरान गुमाउने खतरा, मत परिणाम यस्तो

हाम्रो सन्देश संवाददाता

१६ मंसिर, धरान ।

धरान उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । सोमबार बिहानको ताजा मतपरिणामअनुसार नेपाली काँग्रेसका तिलक राईले अग्रता कायम गरेका छन् ।

उनले २१ हजार ३११ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार प्रकाश राईले २० हजार ८ मत ल्याएका छन् । नेकपा उम्मेदवारले सुरुआती अग्रता लिएपनि झिनो मतान्तरका साथ काँग्रेस उम्मेदवारले निरन्तर अग्रता बनाउँदै लगेका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्‍बर बहादुर लिम्‍बुले १ हजार ८ मत ल्याउँदा समाजवादी पार्टीका गजेन्द्र बहादुर लिम्बुले ६ सय ५२ मत ल्याएका छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...