काँग्रेस नेता पौडेलले दिए विद्यालाई शुभकामना, उनको शिष्टताको सबैबाट भयो सरहाना

हाम्रो सन्देश संवाददाता

१६ मंसिर, काठमाडौँ ।

कास्की क्षेत्र नम्बर–२ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहि पराजित बनेका खेमराज पौडेलले विजयी बनेकी सत्तारुढ दलकी उम्मेदवार विद्या भट्टराईलाई बधाई दिएका छन् ।

प्रतिस्पर्धामा आफ्नो पराजय पछि पौडेलले विद्यालाई दिएको बधाई तथा शुभकामना सामाजिक सञ्जालमा धेरै शेयर भएका छन् । हारेपछि प्रतिस्पर्धीलाई खुइल्याउने र लान्छाना लगाउने नेपाली राजनीतिमा पौडेलको भद्र र सालिन अभिव्यक्तिको सबैले सरहाना गरेका हुन् ।
उनले टिव्ट गर्दै विद्यालाई बधाई दिँदै राम्रो काम गर्न शुभकामना दिएका छन् ।
उनले लेखेका छन् :

शनिबार भएको निर्वाचनमा नेकपाकी उम्मेदवार विद्या भट्टराई अधिकारी नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेललाई पछि पार्दै विजयी भएकी छिन्। नेतृ भट्टराईले २४ हजार ३ सय ९४ मत प्राप्त गरी विजयी भएकी छन् भने नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले १५ हजार ९९१ मत प्राप्त गरेका छन्।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।