कास्की २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई विजयी

हाम्रो सन्देश संवाददाता

मंसिर,१५ कास्की ।

कास्की २ मा नेपाल कम्युस्टि पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन् । उनले कुल २४ हजार ३९५ मत ल्याएर विजयी भएकी हुन् ।

उनका प्रतिद्वन्द्वी खेमराज पौडेलले १५ हजार ९९१ मत प्राप्त गरेका छन् । भट्टराई ८ हजार ४०१ मतान्तरले विजयी भएकी हुन् ।

विजय भएपछि विद्याले सञ्चारकर्मीहरुसँग कुरा गर्दै कास्केली जनताले रवीन्द्र अधिकारीलाई सम्मान गरेको प्रतिक्रया दिइन्।

यसैबीच कांग्रेसका उम्मेदवार खेमराज पौडेलले निर्वाचित भएपछि विद्यालाई बधाई दिएका छन्। उनले ट्विटरमा लेखेका छन्, ‘ विजयी नानीलाई हृदयले बधाई, राम्रो गर्नु।’

उनले भनेका छन्- सम्झिदिनु एक निष्ठावान मान्छे चुनाव हारेर पनि हाँस्दै गयो, जुन प्रक्रियाका लागि अर्पित थियो मेरो जीवन। म इमान्दार रहनेछु कास्कीको म प्रत्येक मत, अनि देशविदेशका हरेकको मायाप्रति। राजनीति जितें, मत जितिनँ तर सायद मन जितें कि जस्तो लाग्छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।