उपनिर्वाचन अपडेट -कहाँ कसले जिते?( विस्तृतमा)

हाम्रो सन्देश संवाददाता

मंसिर,१५ काठमाडाैँ ।

भक्तपुर प्रदेश सभा सीट तथा भरतपुर महानगरपालिका र घोराही उपमहानगरपालिकामा वडाध्यक्षको नतिजा कांग्रेसलाई सुम्पिएको नेकपाले एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ८ वटा वडामा नतिजा उल्ट्याउन सफल भएको छ ।

महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष राजपा र हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष कांग्रेसबाट खोसेको नेकपाले पहिला कांग्रेसले जितेका ७ र विप्लव निकट स्वतन्त्र उम्मेदवारले जितेको १ वडामा समेत नतिजा उल्ट्याउन सफल भएको छ ।

राष्ट्रिय जनमोर्चालाई सघाएर उम्मेदवारी नदिएको प्यूठानको ऐरावती २ मा भने नेकपाका बागी उम्मेदवारले बाजी मारेका छन् ।

नेकपाले जितेका २६ र बागीले जितेको एक स्थान:

पिपरा गाउँपालिका, महोत्तरी (अध्यक्ष)

विक्रम चौधरी (नेकपा) : ३,२४९ (विजयी)

रामजानकी यादव (समाजवादी) : ३,०४१

रविता कुमारी (राजपा) : २,९८४

मकालु गाउँपालिका, संखुवासभा (अध्यक्ष)

तेजबहादुर पोखरेल (नेकपा) : ३०१८

विमन पराजुली (कांग्रेस) : २२१६

(पहिला एमालेले जितेको)

खार्पुनाथ गाउँपालिका, हुम्ला (उपाध्यक्ष)

रुपा शाही (नेकपा) : १४४५ (विजयी)

ताराकुमारी शाही (कांग्रेस) : १३८५

दीपबहादुर शाही (राप्रपा संयुक्त) : १०

(पहिला कांग्रेसले जितेको)

हेर्नुहोस्, नेकपाले जितेका वडाका नतिजा

मेल्लेख गाउँपालिका– ५ अछाम(वडाध्यक्ष)

रमेशबहादुर खड्का (नेकपा) : ७७८ (विजयी)

वीरबहादुर बोहरा (कांग्रेस) : ५६३

(पहिला कांग्रेसले जितेको)

त्रिवेणी गाउँपालिका– १ बाजुरा(वडाध्यक्ष)

मनराजे बुढा (नेकपा) : ३६७ (विजयी)

खगेन्द्र चदारा (कांग्रेस) : ३४७

मीनबहादुर ढोली (राप्रपा) : २

(पहिला कांग्रेसले जितेको)

कोहलपुर नगरपालिका– ६ बाँके(वडाध्यक्ष)

रामशरण थारु(नेकपा) : ८०० (विजयी)

श्रीकृष्ण थारु (कांग्रेस) : ७३६

श्रीधर सुवेदी (राप्रपा) : ६१

दीपालक्ष्मी हमाल (नेमकिपा) : १३

सुभाखर पोख्रेल (समाजवादी) : १०

(पहिला कांग्रेसले जितेको)

ईन्द्रावती गाउँपालिका – ८ सिन्धुपाल्चोक(वडाध्यक्ष)

केदारनाथ आचार्य (नेकपा) : ७१२ (विजयी)

राले तामाङ (कांग्रेस) : ४३९

(पहिला कांग्रेसले जितेको)

कल्याणपुर नगरपालिका– १२ सिरहा(वडाध्यक्ष)

दिलिपकुमार यादव (नेकपा) : ८२५ (विजयी)

प्रदीपकुमार महतो (राजपा) : ६५४

राजकुमार मुखिया (कांग्रेस) : ६१५

मोहम्मद अताउल रहमान (जनमत पार्टी) : १६०

(पहिला कांग्रेसले जितेको)

पौवादुङ्मा गाउँपालिका– १ भोजपुर (वडाध्यक्ष)

जीतेन्द्र राई (नेकपा) : ६९१ (विजयी)

समरबहादुर कार्की (कांग्रेस) : २५४

कला राई (मंगोल नेशनल) : ३

(पहिला कांग्रेसले जितेको)

फिदिम नगरपालिका– १, पाँचथर (वडाध्यक्ष)

गजाधर भट्टराई (नेकपा) : १४४६ (विजयी)

सुभराज थापा (कांग्रेस) : ९७२

मिलन गिरी (राप्रपा) : ७६

(पहिला कांग्रेसले जितेको)

थवाङ गाउँपालिका– १ रोल्पा (वडाध्यक्ष)

जनकबहादुर बुढा मगर (नेकपा) : १७४ (विजयी)

कमलबहादुर रोका मगर (कांग्रेस) : २६

(पहिला विप्लव निकट स्वतन्त्रले जितेको)

पुर्चौडी नगरपालिका– ४ बैतडी(वडाध्यक्ष)

सैलेन्द्र धानुक (नेकपा) : ६६३ (विजयी)

गोविन्दबहादुर धामी (कांग्रेस) : ५५८

चन्द्रबहादुर बोहरा (स्वतन्त्र) : ३५

(पहिला एमालेले जितेको)

पुनर्वास नगरपालिका – ३ कञ्चनपुर(वडाध्यक्ष)

कृष्णबहादुर तामाङ (नेकपा) : ५२८ (विजयी)

दीपबहादुर तामाङ (कांग्रेस) : ३१०

भीमबहादुर पाख्रिन (समाजवादी) : ७५

पदमबहादुर शाही (राप्रपा) : ७

(पहिला एमालेले जितेको)

आदर्श गाउँपालिका– २ डोटी(वडाध्यक्ष)

रामबहादुर बोहरा (नेकपा) : ६६८ (विजयी)

महादेव साउद (कांग्रेस) : ६५६

भूमिसिंह खड्का (स्वतन्त्र) : १९१

काशीराम ओझा (राप्रपा) : १५

(पहिला एमालेले जितेको)

कुमाख गाउँपालिका– ५ सल्यान(वडाध्यक्ष)

धर्मे बुढाथोकी (नेकपा) : ७९२ (विजयी)

खड्गबहादुर बोहरा (कांग्रेस) : २५१

गोपाल शाह (राप्रपा) : २१

(पहिला माओवादी केन्द्रले जितेको)

प्युठान नगरपालिका– २(वडाध्यक्ष)

मुक्ति पोख्रेल (नेकपा) : ११२७ (विजयी)

मोहनसिंह विष्ट (कांग्रेस) : ८४३

(पहिला एमालेले जितेको)

ऐरावती गाउँपालिका– १ प्युठान(वडाध्यक्ष)

दोर्णप्रसाद पाण्डे (नेकपा) : ६९६ (विजयी)

अमरबहादुर रेश्मी (कांग्रेस) : ६८७

(पहिला माओवादीले जितेको)

रुरु गाउँपालिका– ६ गुल्मी(वडाध्यक्ष)

गिरीप्रसाद सिञ्जाली (नेकपा) : ८०२ (विजयी)

वेदबहादुर दर्लामी (कांग्रेस) : ७२७

मनबहादुर पचभैया (स्वतन्त्र) : १

(पहिला एमालेले जितेको)

बौदीकाली गाउँपालिका– ५ नवलपुर(वडाध्यक्ष)

खिमबहादुर थापा (नेकपा) : ३६७ (विजयी)

तुलबहादुर राना मगर (कांग्रेस) : २३१

पितमबहादुर राना (समाजवादी पार्टी) : ७

(पहिला एमालेले जितेको)

सुन्दरबजार नगरपालिका – २ लमजुङ(वडाध्यक्ष)

नविनकुमार श्रेष्ठ (नेकपा) : ९८९ (विजयी)

प्रकाश सेढाईं (कांग्रेस) : ४८४

पवनराज बसौला (राप्रपा) : १६

(पहिला एमालेले जितेको)

बडिगाड गाउँपालिका– २ बाग्लुङ (वडाध्यक्ष)

ढालप्रसाद शेरचन (नेकपा) : ७०४ (विजयी)

डिलबहादुर राना (कांग्रेस) : ४१२

हरिलाल राना (समाजवादी) : ६

(पहिला एमालेले जितेको)

दक्षिणकाली नगरपालिका– ३ काठमाडौं(वडाध्यक्ष)

शिवभक्ति बलामी (नेकपा) : ६१८ (विजयी)

जयशंकर केसी (कांग्रेस) : २७८

रुपा बलामी (राप्रपा संयुक्त) : १०४

(पहिला एमालेले जितेको)

धुलिखेल नगरपालिका – २ काभ्रेपलाञ्चोक(वडाध्यक्ष)

देवप्रसाद कोइराला (नेकपा) : ८६७ (विजयी)

दर्णबहादुर खत्री (कांग्रेस) : ५८२

कृष्णबहादुर तामाङ (राजपा) : १५

(पहिला एमालेले जितेको)

उमाकुण्ड गाउँपालिका– ५ रामेछाप

कुलबहादुर बस्नेत (नेकपा) : ७६९ (विजयी)

सावित्री सुनुवार (कांग्रेस) : ३८०

राजकुमार सुनुवार (समाजवादी) : १०

(पहिला एमालेले जितेको)

साकेला गाउँपालिका– ३ खोटाङ(वडाध्यक्ष)

शिवकला राई (नेकपा) : ३९१ (विजयी)

शुक्रबहादुर तामाङ (कांग्रेस) : ३७४

रमेश राई (समाजवादी पार्टी) : १५

(पहिला एमालेले जितेको)

खाँदबारी– ३, संखुवासभा (वडाध्यक्ष)

भरतकुमार घिमिरे (नेकपा) : ७९६ (विजयी)

विक्रम गुरुङ (कांग्रेस) : ४६७

(पहिला एमालेले जितेको)

ऐरावती गाउँपालिका– २ प्युठान(वडाध्यक्ष)

भीमेषकुमार घर्ती मगर (स्वतन्त्र, नेकपा बागी) : ८५५ (विजयी)

भक्तबहादुर विश्वकर्मा (राष्ट्रिय जनमोर्चा) : ५०४

भूपाल जिसी (कांग्रेस) : ३५६

(पहिला राष्ट्रिय जनमोर्चाले जितेको)

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...