कास्की २ अपडेट : वडा नम्बर ३३ मा नेकपा अगाडि

हाम्रो सन्देश संवाददाता

मंसिर,१५ पोखरा ।

कास्की २ मा सत्तारुढ नेकपा अघि देखिएको छ । वडा नम्बर ३३ को मतगणना सकिदासम्म नेकपा ११ सय ६१ मतले अघि देखिएको छ । वडा नम्बर ३३ मा कुल ५ हजार ६ सय ४२ मत खसेकोमा नेकपाकी विद्या भट्टराईले ३२ सय ७६ मत पाएकी छिन् ।

यो मत प्रमुख प्रतिपक्ष कांग्रेसको भन्दा ११ सय ६१ मतले बढी छ । वडा नम्बर ३३ मा कांग्रेसका खेमराज पौडेलले २१ सय १५ मत पाएका छन् भने समाजवादीका धर्मराजले ९५ मत पाएका छन् । साझाकी रजनीले ३१ मत कमल थापा नेतृत्वको राप्रपाले ४७ मत र नेपाली कांग्रेस (बिपी) ले ७ मत पाएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...