प्रचण्डले ओलीलाई भने, ‘पार्टीको चिन्ता नलिनु स्वास्थ्यको ख्याल गर्नु’

हाम्रो सन्देश संवाददाता

१४ मंसिर, काठमाडाैँ ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्माओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । शुक्रबार साँझ महाराजगञ्जस्थित शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भेटेर प्रचण्डले प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्थाका बारे जानकारी लिएका हुन् ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा धेरै राम्रो प्रगति भएको आफू पाएको बताए । प्रधानमन्त्री ओलीले उपचुनाव, पार्टी गतिविधि लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

देश तथा विदेशमा रहेका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक÷शुभचिन्तक जनसमुदायले प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे चासो र चिन्ता व्यक्त गरेको र स्वास्थ्यमा आएको क्रमिक सुधारको समाचारले सबैमा खुसीको सञ्चार भएको भेटका क्रममा अध्यक्ष प्रचण्डले उनलाई बताएका थिए । सो अवसरमा अध्यक्ष प्रचण्डले बाहिर पार्टी कामको कुनै चिन्ता नलिई आफ्नो स्वास्थ्य ख्याल गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।