लमजुङमा मतदान केन्द्र नजिकै बम विस्फोट

हाम्रो सन्देश संवाददाता

लमजुङ,१४ मंसिर ।

जिल्लाको सुन्दरबजार नगरपालिका–२ को मतदान केन्द्रबाट १ सय ५० मिटर नजिकै टाइम बम विस्फोट भएको छ ।

मतदान केन्द्र महेन्द्र मन्दिर मा.वि नजिकै टाइम बम बिस्फोट भएको हो । बिहान ९ बजेर ५५ मिनेट जाँदा बम विस्फोट भएको हो ।

बम विस्फोट भए पनि कुनै क्षति भने नभएको लमजुङका प्रहरी नायब उपरीक्षक रबिन्द्रमान गुरुङले जानकारी दिए ।

जिल्लामा थप क्षति हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी थप परिचालन गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए ।

सुन्दरबजार नगरपालिका–२ मा ३ वटा मतदान केन्द्र र २ वटा मतदानस्थल रहेका छन् भने कुल मतदाता संख्या २ हजार २ सय ९७ रहेको छ । वडाध्यक्ष पदका लागि भइरहेको उपचुनावमा ५ जना चुनावी मैदानमा प्रतिस्पर्धामा छन् ।

यहाँ नेकपा, नेपाली कांग्रेस, राप्रपा, मंगोल अर्गनाइजेसनका साथै स्वतन्त्र उमेद्वार रहेका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।