कास्की-२ मा मतदान जारी,नेकपाकी उम्मेदवार विद्या भट्टराईद्वारा मतदान

हाम्रो सन्देश संवाददाता

पोखरा,१४ मंसिर ।

कास्की क्षेत्र नं-२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत मतदान जारी छ ।

सो क्षेत्रका ८२ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान शुरु भएपछि अहिलेसम्म शान्तिपूर्ण ढङ्गले मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए ।

आज बिहान अर्मलाको शान्ति मावि मतदान केन्द्र, पोखरा–९ स्थित नवप्रभात मावि मतदान केन्द्र र पोखरा–३३ स्थित सरस्वती टीका माविस्थित मतदान केन्द्र नजिक पटाकाजस्तो आवाज भएको विष्फोटक पदार्थ पड्किएको थियो ।

त्यसबाट मतदानमा कुनै असर नपरेको र मतदाताहरु निर्भीक भएर मतदानमा सहभागी भएको प्रजिअ केसीले बताए । अहिले सो क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।

त्यस्तै कास्की २ प्रतिनिधिसभा सदस्य निर्वाचनकी नेकपा उम्मेदवार विद्या भट्टराईले पनि मतदान गरेकी छिन्।

भट्टराईले पोखरा–३३ भरतपोखरीको शान्ति उदय माविबाट मतदान गरेकी हुन्।

साझा पार्टीकी उम्मेद्वार रजनी केसीले यस अघि नै कास्की २ को पोखरा गैह्रपाटनमा रहेको नबिन स्कूलबाट मतदान गरेकी छिन्।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।