प्रधानमन्त्री ओली अझै एक हप्ता अस्पतालमै रहने

हाम्रो सन्देश संवाददाता

काठमाडौं,१३ मंसिर ।

प्रधानमन्त्री केपी शर्मा ओली अझै एक हप्ता अस्पतालमै रहने अस्पतालले जनाएको छ । आज (शुक्रबार) अस्पतालमा विशेष पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी दिएको हो ।

पत्रकार सम्मलेनमा प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंहले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भएका र स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताए । तर, प्रधानमन्त्री ओलीलाई अझै एक हप्ता आईसियुमा राखेर नै उपचार गरिने बताएकी हुन् ।

गत मंगलबार अस्वस्थ भएपछि अस्पताल गएका प्रधानमन्त्री ओलीको एपेन्डिसाईटस भएको पत्ता लागेपछि अस्पताल भर्ना गरी शल्यक्रिया गरेका थिए । उपचार टोलीका संयोजक डा.अरुण सायमी, निजी चिकित्सक एवं वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाह, वरिष्ठ सर्जन डा. रमेशसिंह भण्डारीलगायतले प्रधानमन्त्रीको लगायतको टोलीले उनको शल्यक्रिया गरेका थियो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।