बस दुर्घटना अपडेट : मृतककाे संख्या १९ (नामसहित)

हाम्रो सन्देश संवाददाता

अर्घाखाँची,१२ मंसिर ।

अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट बुटवल जाँदै गरेको बस नरपानीमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १९ पुगेको भने घाइतेकाे संख्या १८ पुगेकाे छ।

बुधबार दिउँसो दिउँसो १ः३० बजेतिर लु २ ख २१४८ बस सन्धिखर्कबाट बुटवल जाँदै गर्दा सन्धिखर्क नगरपालिका – ६ नरपानी रातामाटामा दुर्घटना भएको हो ।

दुर्घटनामा १० महिनाको बच्चासहित १७ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विजयराज पाैडेलले जानकारी दिनुभयाे । जसमा पुरुष १०, महिला, ६ बालिका एक बालक एक रहेका छन् ।

हालसम्म सनाखत भएका नामावली

१ वसन्त भन्ने ओम बहादुर थापा, वर्ष ३१, चालक रुपन्देही बासगढी
२ माया पुरी, १८ वर्षिया, खाचिकोट काउले
३ मेनुका खड्का, ८ वर्षिया, खाचिकोट काउले
४ बलराम भट्टराई, खाचिकोट डिहि
५ सिता बस्नेत, २७ वर्षिया, शितगंगा २ घर भइ हाल चप्परगाउँ कपिलवस्तु
६ राज कुमार महत, २८ वर्षिय, पिपलडाडा वेम्जिङ, गुल्मी
७ सन्त बहादुर बस्नेत, ३६ वर्षिय (छत्रदेव गा.पा ७ उपचारको क्रममा चौराह हस्पिटल बुटवलमा)
८ शैलैस थापा, भुमिकास्थान नगरपालिका- ९ अर्घाखाँची
९ शिवलाल भट्टराई, सन्धिखर्क -७ खाचिकोट

घाइतेहरुको नाम
१ माया पुरी, १८ वर्षिया, खाचिकोट काउले
२मेनुका खड्का, ८ वर्षिया, खाचिकोट काउले
३बलराम भट्टराई, खाचिकोट डिहिडाँडा
४ सिता बस्नेत, २७ वर्षिया, शितगंगा २ घर भइ हाल चप्परगाउँ कपिलवस्तु
५ राज कुमार महत, २८ वर्षिय, पिपलडाडा वेम्जिङ, गुल्मी
६ सन्त बहादुर बस्नेत, ३६ वर्षिय छत्रदेव गापा ७ उपचारको क्रममा चौराह हस्पिटल बुटवलमा०
७ शैलैस थापा, भुमिकास्थान नगरपालीका ९ अर्घाखाँची
८ शिवलाल भट्टराई, सन्धिखर्क – ७ खाचिकोट

९ कृष्ण बिक वर्ष ४०, अर्घाखाँची
१० बोम बहादुर वर्ष ३५ अर्घाखाँची
११ बिष्णु विक वर्ष ३५, अर्घाखाँची
१२ सरस्वता भट्टराई वर्ष २३, अर्घाखाँची
१३ जीवन विक वर्ष २५, अर्घाखाँची

१४ अन्किता थापा वर्ष १५, सन्धिखर्क ६ अर्घाखाँची
१५ सरस्वता भट्टराई वर्ष २३, सन्धिखर्क ४ अर्घाखाँची
१६ बिष्णु अधिकारी, अर्घाखाँची
१७ लोकनाथ पाण्डे, अर्घाखाँची
१८ सपना कुवँर अर्घाखाँची
१९ नन्द बहादुर बिक, अर्घाखाँची

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।