काठमाडौंमा भूकम्पको ठुलो धक्का

हाम्रो सन्देश संवाददाता

काठमाडौं,११ मंसिर ।

काठमाडौंमा भर्खरै भुकम्पको धक्का महशुस भएको छ। बुधबार राती १० बजेर ८ मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको हो।

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ५ म्याग्नीच्युडको भुकम्पको धक्का गएको प्रारम्भिक जानकारी आएको छ। यसबाट क्षती भए–नभएकोबारे बिवरण भने प्राप्त भएको छैन्।

भुकम्पविद्हरुका अनुसार यो २०७२ सालमा गएको भुकम्पकै पराकम्पन हो। राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले सिन्धुपाल्चोकको तातोपानी क्षेत्रमा पनि कडा धक्का महसुश गरिएको ट्वीटरमा लेखेकी छिन। थप बिवरण केहिबेरमा आउदैँछ

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।