भगवान बुद्धलाई किन पूजा गर्ने ?

हाम्रो सन्देश संवाददाता

भगवान बुद्धलाई यसकारण पूजा गरिन्छ ।
धम्म मार्गमा हिँडने प्रत्येक व्यक्ति भागवान बुद्धप्रति कृतज्ञताले भरिन्छ र बौद्धहरु त्यही कृतज्ञता र आभार प्रकट गर्नको लागि पूजा गर्छन् । बुद्धको ज्ञान यति प्रभावशाली छ कि, आज पनि बैज्ञानिक युगमा त्यति नै प्रभाव छ, जति कि भागवान बुद्धले २६०० वर्ष पहिले उपदेशित गर्नुभएको थियो ।

तथागत बुद्धले आफ्नो उपदेशहरुमा सबैभन्दा ठुलो कुरा भन्नुभएको छ कि कनै कुरालाई यसकारण नमान कि त्यो धर्म ग्रन्थहरुमा लेखिएकोछ, या कुनै साधू सन्तले भनेकोहो, कुनै कुरालाई यसकारण नमान कि तपाईलाई मनपर्ने मान्छेले भनेका हुन् । कुनैपनि कुरालाई मान्नुभन्दा पहिले त्यसलाई तर्कको कसिमा परिक्षण गरेर हेर्नु कि त्यो स्वयमको हितको साथ मानवमात्रको हितमा छ कि छैन अर्थात् कुनै व्यक्ति या वर्गको हितको लागि कुनै अरु व्यक्ति या वर्गको अहित गर्नु घोर सामाजिक अन्याय हो ।

बुद्धले आफ्ना अनुयायीहरुलाई राम्रो स्वत्रन्त्रता दिनुभएको छ । कुनै अरु धर्मका प्रवर्तकले यस प्रकार स्वतन्त्रता दिएको छ कि छैन जाँचेर विचार गरेर हेर्नु । कुनै पनि धर्मका प्रवर्तकहरुले तर्क गर्न जाँच्न स्वतन्त्रता दिएको पाईँदैन । सारा धर्महरुमा बुद्धले मात्रै आफ्नो मतलाई जाँचेर मात्रै अपनाउन या स्विकार गर्न स्वतन्त्रता दिनुभएको छ । यो उहाँको बुद्ध धम्मको आफ्नो अनुयायिहरुको लागि दिमागलाई खुला राख्ने महान सन्देश हो ।

बुद्धको शिक्षा भन्नुस् या धम्ममा कुनै स्वर्गको त्रास पनि छैन पालन नगरेमा त्रास पनि छैन । ठिक लाग्छ बैज्ञानिक लाग्छ आफ्नो र अरुको हितमा ठिक छभने मात्रै अपनाउनु स्वीकार गर्नु भन्नुभएकोछ । त्यसलाई म तथागतले भनेको भन्दैमा नबुझेरै स्विकार नगर्नु भन्नुभएकोछ ।

बुद्ध दीघ निकाय १/१३मा आफ्नो शिष्य कलामहरु उपदेश दिँदै भन्नुहुन्छ ।
– ” हे कलामहरु, कुनै कुरालाई यसकारण नमान कि त्यो तिमीले सुनेको हो , तिमीले यस कारण नमान कि बाउ बाजेको परम्पराबाट चल्दै आएको हो, कुनै कुरालाई यसकारण नमान कि धर्मग्रन्थमा लेखिएकोछ। तिमीले यस कारण नमान कि त्यो न्याय शास्त्र अनुसार छ । कुनै कुरा यस कारण नमान कि माथिबाट हेर्दा त्यो मान्य प्रतीत लाग्छ, कुनै कुरालाई यस कारण नमान कि त्यो हाम्रो विश्वास या हाम्रो दृष्टीको अनुकूल लाग्छ ।

कुनै कुरा यसकारण नमान कि त्यो कुन आदरणीय आचार्य द्वारा भनिएको हो कालामहरु:- अनि हामीले केगर्नुपर्छ रु बुद्ध ;- …कलामहरु, कशी यही हो कि स्वयं आफूसित प्रश्न गर कि के यो कुरा स्विकार गर्नु हितकर छ ? के यो कुरा गर्नु निन्दनीय छ ? के यो कुरा बुद्धिमानहरुबाट निषिद्ध हो, के यस कुराले कष्ट अथवा दुःख स हुन्छ कालामहरु, यति नै तिमीलाई यो पनि हेर्नुपर्छ कि के यो मत तृष्णा, घृणा ,मूढता ,र द्वेषको भावनाको वृद्धिमा सहायक त होइन, कालामहरु, यो पनि हेर्नुपर्छ कि कुनै मत -विशेष कसैलाई उन्को आफ्नो इन्द्रियहरुको गुलाम त बनाउँदैन, त्यसलाई हिंसामा प्रवृत्त त गर्दैन, त्यसलाई चोरी गर्न प्रेरित त गर्दैन , अन्तमा तिमीले यो हेर्नुपर्छ कि यो दुःखसको लागि या अहितको लागि छैन यि सबै कुराहरुलाई आफ्नो बुद्धिले जाँच हेर, र तिमीलाई स्विकार गर्न लायक छभने मात्रै नै यसलाई अपनाउनु ।
भवतु सब्ब मङ्गलम् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।