पोखरामा नेकपाको चुनावी सभास्थल नजिकै बम विष्फोट

हाम्रो सन्देश संवाददाता

पोखरा,११ मंसिर ।

विस्फोटमा कुनै मानवीय क्षति नभएपनि एक बसमा क्षति पुगेको छ । पार्किङ स्थलमा रहेको ग१ख ८८९१ नम्बरको बसका सिसा फुटेको पोखरास्थित रातोपाटीकर्मी श्याम रानामगरले जनाएका छन् ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ भने घटनास्थललाई घेरा हालेर अनुसन्धान थालेको छ। विगतमा पोखराका विभिन्न स्थानमा प्रतिबन्धित विप्लव समूहले बम विस्फोट गराउँदै आएको बताइएको बेला यो विस्फोटमा पनि सोही समूहको हात हुन सक्ने आशंका गरिएको छ ।

प्रदर्शनी केन्द्रमा आयोजित चुनावी सभामा नेकपा नेता वामदेव गौतम, सुवाचन्द्र नेम्वाङ, काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्य लगायतको सहभागिता रहेको छ । मंसिर १४ गतेको उपनिर्वाचनमा कास्की २ की उम्मेदवार विद्या भट्टराईको पक्षमा माहोल बनाउन नेताहरु पोखरा पुगेका हुन् ।

पोखरामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ । बुधबार मध्यान्ह पोखरा महानगरपालिका ९ स्थित प्रदर्शनकेन्द्रमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ ।

विस्फोटमा कुनै मानवीय क्षति नभएपनि एक बसमा क्षति पुगेको छ । पार्किङ स्थलमा रहेको ग१ख ८८९१ नम्बरको बसका सिसा फुटेको पोखरास्थित रातोपाटीकर्मी श्याम रानामगरले जनाएका छन् ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ भने घटनास्थललाई घेरा हालेर अनुसन्धान थालेको छ। विगतमा पोखराका विभिन्न स्थानमा प्रतिबन्धित विप्लव समूहले बम विस्फोट गराउँदै आएको बताइएको बेला यो विस्फोटमा पनि सोही समूहको हात हुन सक्ने आशंका गरिएको छ ।

प्रदर्शनी केन्द्रमा आयोजित चुनावी सभामा नेकपा नेता वामदेव गौतम, सुवाचन्द्र नेम्वाङ, काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्य लगायतको सहभागिता रहेको छ । मंसिर १४ गतेको उपनिर्वाचनमा कास्की २ की उम्मेदवार विद्या भट्टराईको पक्षमा माहोल बनाउन नेताहरु पोखरा पुगेका हुन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।