मतदान केन्द्र परेका विद्यालय चार दिन बिदा हुने

हाम्रो सन्देश संवाददाता

काठमाडौं,११ मंसिर ।

आगामी मंसिर १४ हुने उपनिर्वाचनका लागि मतदान केन्द्र परेका विद्यालयहरू चार दिन बन्द हुने भएका छन्।निर्वाचन आयोगले आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बुधबारदेखि शनिबारसम्म विद्यालय बन्द गर्न आग्रह गरेको हो। बुधबारदेखि नै निर्वाचन आयोगले कर्मचारीलाई मतदान केन्द्रमा पठाएको छ।

‘आजदेखि मतदान केन्द्रमा कर्मचारीहरू पुग्छन्,’ निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने,’मतदान केन्द्र भएका विद्यालयहरू बन्द हुनेछन्।’ साथै, उपनिर्वाचन हुने क्षेत्रका मतदान केन्द्र नपरेका विद्यालय भने सञ्चालन हुने आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिए।

३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन हुँदैछ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।