बुद्ध धर्मको वास्तविक रहस्यः

हाम्रो सन्देश संवाददाता

भारतका राजा अशोक भयानक अत्याचारी, हत्यारा, लुटेरा, बलात्कारि थिए । तर पछि आफुले अत्याचार गरेको कुरा महसुस गरे र पश्चाताप गर्न वुद्दिष्ट भए ।

कहि समय पहिला बर्माका शैनिक शासक जसले आङ शान सूकीलाई लामो समय नजर बन्दमा राखेका थिए, डेमोक्रेसीलाई ध्वस्त पारेका थए, हजारौँको हत्या गरेका थिए । जब वृद्धावस्था लाग्यो । आङसाङ सूकीले चुनाव जितेर पावरमा आए तब ती शैनिक शासक वुद्ध मार्गमा प्रवेश गरे । अर्थात, वुद्ध मार्ग क्षमाशील छ, गल्ती महसुस गर्नेलाई क्षमा गर्छ । अरुलाई क्षमा दिन सक्नु कठीन कुरा हो र आफुले आफैलाई क्षमा गर्न सक्नु झन सबैभन्दा कठीन कुरा हो । र, आफुलाई समेत क्षमा गर्न सकेपछि भित्र वुद्धत्व आउँन थाल्छ ।

वुद्ध मार्गीले के के अनुशासन माने वुद्धिष्ट हुँदै जान्छन्?

पाँच अनुशासनः
१) हत्या नगर्ने;
२) चोरी नगर्ने;
३) अनैतिक यौन संबन्ध नराख्ने;
४) झूठो नबोल्ने; र,
५) मादक पदार्थ नखाने ।

अझ भिक्षु नै हुनेले थप कुरा पनि मान्नु पर्छ ः

६) बिलासिताका लुगा नलगाउने;
७) बिलासी ओछ्यानमा नसुत्ने; र
८) भिक्षाटन गरेर मात्र गुजारा गर्ने ।

वुद्धिष्टको मान्यताहरूमा आर्य चार सत्य र अष्टाङगिक मार्गहरूः

चार सत्यहरूः
१) जीवनमा दुःख (जन्मिनु, रोग लाग्नु, वृद्धावस्थामा पुग्नु र मृत्यू हुनु) छ;
२) दुखका कारण (अज्ञानता र लोभ-लालच) छन्;
३) दुःखको अन्त्य (लोभ-लालच त्याग्ने र अज्ञानता त्यग्ने हो भने) गर्न सकिन्छ;
४) दुःखको अन्त्य गर्ने आठ उपाय हुन् –

अष्टाङ्गीक मार्गः
क) सम्यक (सन्तुलित) दृष्टिकोण राख्ने;
ख) सम्यक (सन्तुलित) संकल्प गर्ने;
ग) सम्यक (सन्तुलित) वचन बोल्ने;
घ) सम्यक (सन्तुलित) कर्म-काम गर्ने;
ङ) सम्यक (सन्तुलित) जीवन यापन गर्ने;
च) सम्यक (सन्तुलित) प्रयास गर्ने;
छ) सम्यक (सन्तुलित) चेतनामा चल्ने; र,
ज) सम्यक (सन्तुलित) समाधी वा ध्यान गर्ने ।

यी उल्लेखित नियमहरू पालन गर्ने जो सुकै पनि वुद्धत्वमा चलेको हुन्छ । उसले म वुद्ध मर्गमा आस्था राख्छु वा म वुद्धिष्ट हुँ भन्नै पर्दैन । म ‘बौद्ध हुँ’ भन्ने तर माथि उल्खित कुरा नमान्ने हो भने उ बौद्ध हुनै सक्दैन । अर्थात, तपाइँ जे सुकै गतिविधी गर्नोस् तर कसैको पनि अहित नहुने काम गर्दै हुनुहुन्छ र माथि उल्लेखित कुराहरु मान्नु हुन्छ भने अरुले भने पनि नभने पनि तपाइँ बौद्ध हुनुहुन्छ । तेसैले गरिने कुराको नियतमा भर पर्छ । जस्तो एउटा हत्याराले छुरा चलाउँछ, मानिसलाई काट्छ र डक्टरले पनि काट्छ । तर, एउटाको नियत मानिसको हत्या गर्ने हुन्छ भने डक्टको नियत मानिसलाई बचाउने हुन्छ ।

गतिविधी सन्चालन गर्ने आधार केलाई मान्ने त? यसको जवाफमा भनिएको छः

१) वुद्धम शरनम् गच्छामी (“वुद्ध” भनेको जानिफकार मानिस हो । अर्थात, जानीफकारको कुरा सिकेर चल्छ।)

२) धम्मम् शरणम् गच्छामी (“धम्म” भनेको प्रकृतिको नियम हो । अर्थात, प्रकृतिको नियम अनुसार चल्छु । सिजन अनुसार खेतिपाती गर्छु । सिजन अनुसारको फलफुल तरकारी खान्छु । राती सुत्छु, दिउंसो काम गर्छु । निषेधको निषेध नियम (जस्तैः मकैको दाना उम्रँदा विरुवाले मकैको दानालाई निषेध गर्छ, मकै हुर्कँदै जाँदा कैयौँ पताहरू झर्दै जान्छन् त्यस बखत मकैको रुखले पातहरू निषेध गर्छ र मकै फलेर पाक्दा मकैको रुख मर्छ त्यतिखेर फलेको मकैको घोगा-दानाले रुखलाई निषेध गर्छ । यो चलिरहने प्रकृतिको चक्र हो हाम्रो जीवनमा पनि आमा-बा जन्मँदा बोजु-बाजे बितेर गए, बा-आमाबाट हामी जन्मियौ तर बा-आमा त वितेर गए, अब अहिले हमाीले हाम्रा सन्तान जन्माएका छौँ र हामी वृद्धावस्थामा पुगेका छौँ । तेस्तै जन्म लिँदा त हामी सानो थियौँ, वाल्यपन त्यागेर जवानी आयो, जवानी त्यागेर बयस्क भईयो र बयस्क अवस्था त्यागेपछि वृद्ध भईन्छ र अन्तमा मृत्यु हुन्छ । तर शरिर मरेपनि यही चक्र चलाउवने सन्तान त हामीले जन्माईसकेका हुन्छौँ। उनले फेरि त्यो चक्रलाई नियमित गर्छन् । यो नियमित जीवन चल्ने चक्रलाई म मान्छु । )

३) संघम् शरणम् गच्छामी (“संघ” भनेको समाजले बनेको संयुक्ताकारिक गुम्फन हो । अर्थात, आफ्नै संघ-समाजको नियम अनुसार चल्छु । किनभने म कुनै न कुनै समाजमा बाँचेको हुन्छु र हरेक समाजले समाज-व्यवस्थापनका नियमहरू बनाएको हुन्छ । म ती नियम मानेर चल्छु ।)

एउटा पुस्तक छ – “If you meet Buddha on the road kill him” by Sheldon B. Kopp (1982).

यस पुस्तकमा लेखिएको भाव हो – वुद्धत्व हरेक मानिसको भित्र (मनका १६ लेयरका चार प्रकारका बुद्धि, मानस, अहंकार र चित्त मध्ये सबैभन्दा भित्रको महत्वपूर्ण) “चित्त”मा हुने कुरा हो, ज्ञान हो र सबैको कल्याण चिताउँने जीवन दृष्टिकोण हो । तेसैले कोही “म वुद्ध हुँ” भनेर बाटोमा फलाक्दै हिँड्छ भने त्यो “ठग” हो, त्यसको कुरा नसुन ।

थोरै शब्दमा वुद्ध मार्गीले सोच्ने र गर्ने – “भवतु सब्ब मंगलम्” हो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।