प्रधानमन्त्रीको स्वास्थ्यमा अर्को समस्या देखियो, अपरेसन हुँदै

हाम्रो सन्देश संवाददाता

काठमाडौं,१० मंसिर ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस देखिएको छ । पेट देख्ने समस्या देखिएपनि आज विहानै त्रिभुनव विश्वविद्यालय अन्तर्गतको मनमोहन कार्डियो थोराकि भास्कुलन एण्ड ट्रान्सप्लान सेन्टरमा भर्ना गरिएका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको पुष्टि भएको हो ।

एपेन्डिसाइटिस भएको पुष्टि भएपछि अपरेशन सुरु गरिएको छ । ओलीको उपचारमा त्रिवि शिक्षण अस्पताल र मनमोहन सेन्टरका चिकित्सकको टोली सहभागी छ । मिर्गौलाका विरामीसमेत रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पछिल्लो समय स्वास्थ्य समस्या देखिदै आएको छ ।

मिर्गौलामा समस्या देखिएसंगै अन्य समस्या देखिन थालेका छन् । हाल डायलासिस गरिरहेका प्रधानमन्त्री ओलीको आइतबार मात्रै चौथो पटक डायलासिस भइसकेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...