सामाजिक सञ्जालमा भाइरल बनेकी ‘मे पञ्ची’का बोल्ड तस्वीर

हाम्रो सन्देश संवाददाता

काठमाडौं :

केही समय अघि सामाजिक सञ्जालमा नव नेपाली मोडल भन्दै एक विदेशी मोडलका तस्वीरहरु भाइरल भएकाे थियाे। वास्तवमा यी मोडल म्यानमारकी हुन्।उनको नाम मे पञ्ची सो नायुङ हो। बाबुले उनको नाम परिवर्तन गर्दै मे पञ्ची मात्र राखेका छन्। उनी मे पञ्चीले नै परिचित छन्। मे पञ्चीको अर्थ हो मिस पेन्टर हो।

उनका बाबुले उनलाई पेन्टर बनाउने सोच पालेर सायद उनको नाम मे पञ्ची राखिएको हुनुपर्छ। त्यसैले उनी कलाकारितासँगै पेन्टिङ पनि गर्छिन्। उनी मोडलिङसँगै अभिनयमा समेत जमेकी कलाकार हुन्। हेर्दा नेपाली लुक्स देखिने उनी निकै सुन्दर र बोल्ड छिन्। त्यही भएर पनि उनलाई नव नेपाली मोडल भनेर प्रचारबाजी गरिएको हुनसक्छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।