कस्ले गर्‍यो त ? वडा अध्यक्षको गाडीमा बम विस्फोट

हाम्रो सन्देश संवाददाता

मंसिर,९ काठमाडौं ।

पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष शिव आचार्यको घरमा पार्किङ गरी राखिएको गाडीमा बम विस्फोट गराइएको छ।

सोमबार राती करिब २:४५ बजे उक्त विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।

विसफोटबाट वडा अध्यक्ष आचार्यको पोखरा १७ विरौटा स्थित घरमा पार्किङमा रहेको ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा क्षति पुगेको छ तर के कति क्षति भयो भन्ने बारेमा एकिन भइसकेको छैन।

प्रहरीले कसले र के कारणले विस्फोट गराएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले आसन्न कास्की-२ को उप-निर्वाचनलाई लक्षित गर्दै त्रास उत्पन्न गराउने उदेश्यले विस्फोट गराइएको अनुमान गरिएको छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।