प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा पुगेका छन्।

हाम्रो सन्देश संवाददाता

मंसिर,८ काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि धापासीस्थित ग्राण्डी अस्पताल पुगेका छन्।

नियमित स्वास्थ्य परिक्षणका लागि प्रधानमन्त्री ओली आइतबार दिउँसो ग्राण्डी गएको स्रोतले बतायो।

प्रधानमन्त्री ओलीले गत साता ग्राण्डीमा मिर्गौलाको डायालासिस गराएका थिए। गत कात्तिक १३ गते र १४ गते प्रधामन्त्री ओलीको दुई पटक डायलासिस भएको थियो।

आज पनि प्रधानमन्त्री ओली डायलासिसकै लागि गएको बताइएको छ। प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि मिर्गौलाको प्रत्यारोपण भएको थियो। चिकित्सकहरूले उनलाई डायलासिस वा मिर्गौलाको दोस्रो प्रत्यारोपणको विकल्प दिएका छन्।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।