मलाई प्रधानमन्त्री बनाए दश वर्षमा नेपालले चीनलाई उछिन्छ- वामदेव

हाम्रो सन्देश संवाददाता

मंसिर,८ काठमाडौं ।

सत्तारुढ दल (नेकपा)का नेता वामदेव गौतमले आफुलाई प्रधानमन्त्री बनाए नेपालमा छिट्टै समाजवाद आउने बताएका छन् ।आज कति फाउन्डेसन फर कृटिकल डिस्कोर्सले काठमाण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गौतमले आफुलाई प्रधानमन्त्री बनाए छिट्टै नेपालमा समाजवाद आउने दावी गरेका हुन् । उनले आफुलाई दूई वर्षमात्र प्रधानमन्त्री बन्न दिए नी नेपालमा समाजवाद आउने पक्का रहेको बताएका छन् ।

विश्व व्यवस्था र चीन :नेपालमा समाजवादको सम्भावयता विषय कार्यक्रममा भारत र चीनलाई केहि वर्षमै नेपाले उछिन्ने दावी गर्दै नेता गौतमले भने “५ वर्षमा नेपालमा समाजवाद आउँछ , १० वर्षमा समृद्धि र विकासमा चीनलाई उछिन्छौं , मलाई २ वर्ष मात्र प्रधानमन्त्री बनाए छिटो समाजवाद आउँछ” ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected]o.com मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।