मल्टिप्लेक्स सिनेमामा नयाँ प्रबिधी भित्र्याउने नेपालको पहीलो एफ क्युब सिनेमाज

हाम्रो सन्देश संवाददाता

काठमाडौं,६ कात्तिक ।

मल्टिप्लेक्स सिनेमामा नयाँ प्रबिधीको भित्र्याउने लहर चल्दै गर्दा चबहिल चुच्चेपाटी स्थित के एल टावरको एफ क्युब सिनेमाजको क्युब 3 हल मा शुक्रबार देखी नयाँ 4k प्रोजेक्टर जडान भएको छ। युरोपीयन टेक्नोलोजीमा बेल्जियममा निर्मित Barco 19b मोडेलको प्रोजेक्टर नेपालमा ऐले सम्मकै अत्याधुनिक र महँगो प्रोजेक्टर हो र एस्को पिक्चरको क्वालिटी पनि उच्च स्तरिय रहेको छ। 4k प्रबिधी को यो सिनेमा हल नेपाल भरी कै हलहरु मध्येको छुट्टै पहिचान भएको हल हो। साउन्ड लाई सिटमा कनेक्सन गराउने डिभाइस द्वरा यो हल मा साउन्ड लाई सिट मा अनुभव गर्न सकिन्छ। यो थिएटर ले एही टेक्नोलोजी भित्र्याएर क्युब ३ लाई फिल द थ्रिल भनेर स्लोगेन नै दिएको छ ।

एही समयमा ट्रिपल बिम नमक 3D डिभाइस पनि जडान गरेको जुन अरु 3D डिभाइस भन्दा लाईट इफिसिएयन्सी धेरै भएको र अन्य चाइनिज डिभाइस भन्दा महँगो पनि रहेको छ। अब क्युब ३ मा 3D फिलिम हेर्दा अध्यारोको अनुभब नहुने बाताएको छ । एफ क्युब सिनेमाज को ३ वटा सिनेमा हल मध्ये क्युब ३ अली बिशेष रहेको र दर्शकहरुले पनि तेइ हललाई चै पहिलो रोजाइमा राखेको जस्को कारण ले सो हल लाई अझै बिशेष बनाउन लाई नयाँ प्रोजेक्टर जडान गरेको बाताइएको छ। हल संचालक श्री सुन्दर कुमार श्रेष्ठ ज्यु सबै लाई एक पटक अनुभब गर्नुहोस् भनी अनुरोध गर्नु हुन्छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...