बिहानै उठ्ने बित्तिकै विन्ध्यवाशिनी मन्दिरको दर्शन गर्नुहोस अनि थाहा पाउनुहोस आजको तपाइको राशिफल कस्तो छ

हाम्रो सन्देश संवाददाता

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापारमा बढोत्तरिको योग रहेकोछ भने थोरै लगानी बाट यथेष्ट लाभ लिन सकिनेछ । अदालति निर्णयहरु तपार्ईँकै पक्षमा आउँने भएको हुनाले न्याय पाएको अनुभुति हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसायमा लगानी गरि मनग्गे धन तथा सम्पति कमाउन सकिनेछ भने स्कूल कलेजमा गरिएको लगानीबाट प्रशस्त आम्दानी हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) तपार्ईँले शुरु गर्नुभएको काममा बिभिन्न वाधा तथा अवरोधहरुबको सामना गर्नुपर्नेछ । तपार्ईँले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेमको डोरो कसिएर जानेछ भने जीवन साथिको सम्बन्ध थप प्रगाड भएर जानेछ । छोटो तथा रमाईलो यात्राको सम्भावना भएपनि यात्राका क्रममा ध्यान दिनु जरुरिछ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययन तथा अध्यापनमा मन जानेछ भने प्रतिस्पर्धिहरुलार्ई सजिलै हराई नतिजा जित्न सकिनेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै उपलब्धिमुलक कामहरु गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पति तथा विलासी वस्तुको प्रयोग गर्न पाइने समय रहेकोले मन प्रशन्न हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा नाफा कमाउन निकैनै सघर्ष गर्नुपर्ला । वैदेशिक क्षेत्रसँग सम्बन्धित व्यावसाय भने फस्टाएर जानेछ । बिद्यामा सोचेजस्तो प्रगति गर्न निकै समय कुर्नुपर्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाजुभाईबाट भने जस्तो सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरुभन्दा एक कदम अगाडी बढि सफलता हात पार्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा लगानी गरि मनग्गे रुपैया पैसा कमाउन सकिनेछ भने नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरि हुने योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सरकारि तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बर्चश्व कायम रहेनेछ । प्रणय सम्बन्धमा आत्मियताको बिकास हुनेछ भने घर परिवारमा सबैसँग सौहार्दपुर्ण सम्बन्ध स्थापना गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेममा तित्तता आउँने तथा दाम्पत्य जीवनमा एक अर्कालाई शंकाको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा सफलता प्राप्त हुनेछ भने अध्ययनकै लागि राम्रो स्थानमा स्थानान्तरण हुने अधिक सम्भावना रहेकोछ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।