फेरि सुनको मूल्य बढ्यो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ४ मंसिर ।

बुधबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ बढेको छ । म‌ंगलबार ७२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन बुधबार ७२ हजार १ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७१ हजार ८ सय कायम भएको छ । म‌ंगलबार तेजावी सुनको मूल्य ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य ८ सय ६५ रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १४ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।